कलकत्ता, 26 मार्च। भारतभरि कोरोनाको प्रकोप रोक्न घोषित लक डाउनको समय बुधबार पश्चिम बङ्गालको हाउडा निवासी एक 32 वर्षीय व्यक्तिलाई घर नबसेको भन्दै पुलिसले कुटेपछि मृत्यु भएको छ। मृतकको परिवारले पुलिसले कुटेपछि त्यसकै चोटले मृत्यु भएको आरोप लगाएको छ। मृतक व्यक्ति लाल स्वामीको नामले चिन्हित भएको छ। उनी हाउडा निवासी हुन भने घरबाट बाहिर दुध किन्न गएका थिए। उनको पत्नीले पुलिसले लाठी चार्ज गरेर यस्तो भएको आरोप लगाएकी छन् भने पुलिसले अहिले घर बाहिर भेला हुने मानिसहरूमाथि कार्वाही गर्दै आएको छ। जुन भारतको विभिन्न राज्यमा यस्तो गरिएको देखिएको छ।
घटना पछि पिडीतलाई अस्पताल लगिएको थियो तर अस्पतालमा पुग्दा मृत्यु भइसकेको घोषणा गरेको थियो। अर्कोतिर पुलिसले भने उक्त व्यक्ति हृदयघातले मरेको हो भन्ने दाबी गरेको छ अनि उनी पहिलेबाटै हृदय रोगी रहेको बताएको छ। अर्कोतिर पश्चिम बङ्गालमा आज एउटा कोरोनाको मामिला पुनः पुष्टि भएको छ त्यो मामिला पुष्टि हुनसाथै जम्मा 10 जना कोरोना पिडीतको संख्या पुगेको छ। आज 66 वर्षीय नयाबाद कोलकत्ताका 66 वर्षीय व्यक्तिको मृत्यु भएको छ। उनी विदेशबाट कोलकत्ता फर्किएको यात्री विवरण रहेको छ।