Loading... आजः शनिबार , माघ ५, २०८१

लकडाउनमा फसेका स्वदेशी र विदेशीलाई निःशुल्क आवासको व्यवस्था


ओयो होटेल एण्ड होम्सले नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटक तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ। सरकारले नोबल कोरोना भाइसको महामारी फैलावट कम गर्नका लागि गरेको लकडाउनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान गर्ने ओयोले जनाएको छ।

ओयो होटेलले देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निःशुल्कआवासको सुविधा प्रदान गर्नेछ। लकडाउनमा सरकारलाई सहयोग पु-याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको नेपालखबर अनलाइनले जनाएको छ।

होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चिता गर्न, पर्यटकहरुलाई चेक इन गर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिनेछ। सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश दिइएको छ। ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थीति अनुगमन गरिरहेको जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!