विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको रोकथामका लागि चैत ११गतेदेखि लगाएको लकडाउनमा सरकारले थप कडाइ गर्ने निर्णय गरेको छ। अाज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावतमा समेत कडाइ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी गराए। सरकारले कोरोना देखिएका जिल्ला बागलुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेष्ट किट प्रयोग गरेर कोरोना परीक्षण गर्ने निर्णय समेत गरेको छ। प्रवक्ता खतिवडाका अनुसार कोरोना संक्रमित देखिएका जिल्लामा तत्कालका लागि र्यापिड टेष्ट किटको परीक्षणबाट पिसिआर टेष्ट गर्ने निर्णय भएको हो।