लकडाउनमा सिक्किमको सड़कमा बाँच्ने पशु घाइतेको बड्यो आँकडा
गान्तोक, 19 अप्रेल। लकडाउनमा सिक्किमको सड़कछाप प्राणीहरू धेरै घाइते भइरहेको तथ्य अघि आएको छ।
सिक्किमको राजधानी गान्तोकमा पाकसाम भेटनेरी क्लिनिकका सञ्चालन डॉ. अर्जुन अधिकारीले अहिले लकडाउनको समय खुल्ला रहेको सड़कमा मानिसहरूले लापरवाहीपूर्ण ढङ्गमा वाहन चलाएकोकारण धेरै प्राणी घाइते भइरहेको बताउँछन्।
लकडाउनको समयमा सड़कमा लपरवाहीसित वाहन हाँक्नेहरूको कारण सडकमा बाँच्ने प्राणीहरू दुर्घटनामा पर्ने आँकडा दोब्बर भएको छ। राजधानीको 6 माइलमा पशु चिकित्सा क्लिनिकमा अहिले यस्तो दुर्घटनामा परेको प्राणीको उपचार बढेको उनी बताउँछन्। क्लिनिकले सड़क किनारामा बाँच्ने प्राणीहरूको सुरक्षाको निम्ति पनि कार्य गर्दै आएको उनको भनाई छन्। उनले मानिसहरूलाई सड़कमा वाहन हाँक्दा त्यहाँ बाँच्ने प्राणीहरूको सुरक्षालाई पनि ध्यानमा दिनुपर्ने तथा घाइते पार्नु नहुने अपिल पनि गरेका छन्।
पाकसामले अहिले राज्यभरि आठवटा भेटनेरी क्लिनिक सञ्चालन गरिरहेको छ। यसैगरि छिमेकी राज्यको सिलगढीमा पनि एउटा क्लिनक सञ्चालन गरिरहेको छ। अहिले लकडाउनको समय अन्तरराष्ट्रिय पशुचिकित्सा संगठनको दिशा निर्देशनमा क्लिनिकहरू सञ्चालन गरिरहेको डॉ. अधिकारीले बताए।
कोरोना भाइरस घरमा पाल्ने पशुबाट मानिसमा नसर्ने भएको बताउँदै डॉ अधिकारीले यसमा डराउनु पर्ने कुनै कुरा नभएको अनि कोविड 19 को प्रोटोकल अनुसार एकजना व्यक्तिले एउटा पशु मात्र लिएर क्लिनिक वा अस्पतालमा पस्नुपर्ने तथा सामाजिक दूरत्वको पालन गर्दै मास्क अनिवार्य रूपमा धारण गर्नुपर्ने पनि बताए।
पशु चिकित्सा सेवाले अहिलेको अवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अनि पशु स्वास्थ सेवामा काम गरेर विश्वलाई सुरक्षित राख्दै स्वस्थ्य योजनालाई सशक्तिकरण गर्न प्रतिबद्ध रहेको पनि चिकित्सक अधिकारीको भनाइ रहेको छ।
तपाइँकाे प्रतिक्रिया
