Loading... आजः बुधबार , मंसिर १९, २०८१

लकडाउनमा स्वास्थ्य सावधानी अपनाएर आयोजनाहरूको निर्माण कार्य जारी


लकडाउनका बेला स्वास्थ्य सावधानी अपनाएर देशभर विभिन्न आयोजना निर्माणको काम तीव्र पारिएको छ। बर्खा नजिकिन थालेकाले सक्नैपर्ने कामलाई प्राथमिकतामा राखेर ठूला तथा साना आयोजनाको काम अघि बढाइएको हो।

यसअन्तर्गत २२ वटा गौरवका आयोजनामध्ये प्राय: मा काम जारी छ । रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाअन्तर्गत पूर्वपश्चिम रेलमार्गका विभिन्न खण्डमा काम भइरहेको छ। रेलमार्गमा पर्ने पक्की पुल र ट्रयाक बेल्टको काम भइरहेको रेल विभागले जानकारी दिएको छ। ‘सबैतिर काम सुरु गर्ने तयारीमा छौं,’ विभागका महानिर्देशक बलराम मिश्रले भन्नुभयो।

अहिले आधा दर्जन खोलामा पक्की पुल ढलानको काम भइरहेको र केहीमा सुरु गर्ने तयारी छ। अहिले रौतहट, सर्लाही र महोत्तरीमा काम भएको छ ।’ कल्भर्ट, पुल, एनिमल पासलगायतको काम जारी छ। भारतीय पक्षबाट थालिएका काममा राम्रै प्रगति छ,’ मिश्रले भन्नुभयो, ‘हामीले पनि कामको रफ्तार बढाइरहेका छौं ।’ कान्तिपुर अनलाइनका अनुसार भारतीय पक्षबाट निर्माण भइरहेको जयननगर–जनकपुर–कुर्था खण्डमा अझै रेल सञ्चालनमा आउन सकेको छैन। एक खण्डको निर्माण पूरा भएको र रेल सेट बनिसके पनि अहिले कोरोनाको त्रासका कारण समस्या भएको छ । दुई सेट रेल भारतमै बनेर बसेका छन्। जयनगरदेखि कुर्थासम्म ३५ किमि दूरीमा रेल सञ्चालनका लागि ती रेल निर्माण गरिएको हो। कुर्थादेखि बिजलपुरासम्म १७ किमिमा अहिले धमाधम काम भइरहेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!