Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

लकडाउनयता पूर्वी नेपालको मेची भन्सारबाट भारतीय तरकारी फलफूल आयात


लकडाउनयता मेची भन्सार हुँदै करिब अढाई करोडको तरकारी र फलफूल आयात भएको छ। मेची भन्सारका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार यो अवधिमा करिब अढाई करोड मूल्य बराबरको आलु, प्याज, लसुन, टमाटर तथा हरियो तरकारी भारतबाट आयात भएको छ। यो अवधिमा करिब ७ लाख मूल्यका फलफूलसमेत आयात भएको देखिएको छ ।

हवाई इन्धन र एलपीजी ग्यासबाहेक अन्य पेट्रोलियमको आयात छैन । करिब ४ करोडको एलपीजी आउँदा करिब २२ लाखको हवाई इन्धन आयात भएको छ । लकडाउनमा खाद्यान्नको रुपमा मकै र कोदोको आयात भएको छ । मूलत: यी दुवै अन्न मदिरा बनाउन प्रयोग हुन्छ । करिब २० लाखको कोदो र २७ लाखको मकै आयात भएको छ ।

यसका अलावा कोइला, क्लिङकर, छोकडा, मरिच, केराउ, सुपारीको आयात पनि यो अवधिमा भएको पाइएको छ । सरकारले तेस्रो देशबाट आयात भइरहेको छोकडा, मरिच, केराउ र सुपारीको आयात रोक्न भन्सार हरुलाई पत्राचार गरिसकेको छ । ‘नयाँ प्रतितपत्र (एलसी) खोलेर चाहिँ यी वस्तु आयात गर्न नमिल्ने सरकारी निर्णय हो’, भन्सार अधिकृत प्रकाश सुवेदीले भन्नुभयो,’पहिल्यै एलसी खोलिएका सामान अहिले आयात भइरहेका छन् ।’

Insert your Ads code here

लकडाउन र नाकाबन्दीका कारण बंगलादेशसँगको व्यापार ठप्प छ । कोरोनाको संक्रमण हुन सक्ने भन्दै भारतले फूलबारी–बंगलाबन्द नाका सिल गरेका कारण बंगलादेशसँगको व्यापार ठप्प भएको हो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!