कालेबुङ, 18। उत्तर बङ्गालमा केही दिन अघिसम्म कोविड 19 को खतराले ग्रस्त बन्न पुगेको कालेबुङमा अहिले संक्रमण शुन्य भएको खुसीको अवस्था छ। तर मानिसहरूले लकडाउनलाई भने गम्भीरता सित लिएर पालन नगरेपछि प्रशासनले कडा कदम उठाउन परेको छ। यसैक्रममा आजदेखि पुलिसले सशस्त्र बल उतारे गस्ती शुरू गरेको छ। अहिले कोरोन्टाइनमा राखिएकाहरूलाई पनि छुट्टि दिएपछि स्थिति साम्य भएको भए पनि मानिसहरूले सहयोग भन निरन्तर राख्नु पर्ने स्थितिलाई भने गम्भीरतासित नलिएपछि प्रशासनले यस्तो कडा कदम उठाउँदै गस्ती लगाएको हो। कालेबुङ शहरबाहेर हरेक क्षेत्रमा लकडाउनमा कडाई गरिएको छ। फोर्सले आज कालेबुङ शहरमा ग्वारग्वार्ती आउन थालेको मानिसहरूलाई रोक्ने पहल गर्दै सड़कमा उत्रिएपछि एका एक मान्छेहरूको भीड पनि कम बन्दै गएको छ।