Loading... आजः शनिबार , श्रावण १२, २०८१

लकडाउन अवधिमा सडक तथा पुल निर्माणका केही काम पुनः सुरु


लकडाउनका कारण देशभर ठप्प भएका सडक तथा पुल निर्माणका केही काम पुनः सुरु भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावलाई कोरोना रोकथाम उच्चस्तरीय समितिले स्वीकार गरेसँगै ती आयोजनाको काम सुरु भएको हो।

मन्त्रालयले वर्षात्अघि गर्नुपर्ने कामलाई कोरोना संक्रमणबाट सुरक्षित रही काम गर्ने भन्दै सहमति मागेको थियो। उच्चस्तरीय समितिले गृह मन्त्रालयलाई कामदारको सुरक्षाको व्यवस्था अपनाउँदै अत्यावश्क काम गर्न सहजीकरण गर्न निर्देशन दिएपछि आयोजना नरोकिने भएका छन्।

‘उच्चस्तरीय समितिको निर्णयअनुसार अहिले ७० भन्दा बढी आयोजनामा पुनः काम सुरु भएको छ’, सडक विभागका महानिर्देशक इन्जिनियर केशव कुमार शर्माले भन्नुभयो। नेपालखबरका अनुसार निर्माण व्यवसायीले वर्षाअघि निर्माण गर्नुपर्ने पुलको काम अत्यावश्यक भएकोले काम जारी राख्नुपर्ने माग गर्दै आएका छन्।

Insert your Ads code here

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार देशभर करिब २ सय पुलको काम अहिले नै गर्नुपर्ने अवस्था छ। आयोजनाहरुको क्याम्पमा लकडाउनकै समयमा पनि कामदारहरु रहेको र स्थानीय क्षेत्रमा समेत निर्माण सामग्री पाइने अवस्थामा काम जारी राख्दा सम्भावित क्षतिबाट बच्न सकिन्छ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले कामदारको स्वस्थ्यलाई ध्यानमा राखी काम गर्न अनुमति पाएको जानकारी दिनुभयो। सडक विभागका महानिर्देशक शर्माले निर्माण कम्पनीलाई करिब १५ जना कामदारले काम गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको जानकारी दिनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!