Loading... आजः शनिबार , माघ ५, २०८१

लकडाउन खुकुलो हुन थालेपछि नेपाल र भारत अन्तर्राष्ट्रिय व्यापार बढ्दै


नेपाल र भारत दुवै देशमा लकडाउन खुकुलो हुन थालेपछि नेपालको बाहृय व्यापार बढ्न थालेको छ। लकडाउनका कारण शिथिल बनेको भन्सार कारोबारमा उल्लेख्य सुधार भएको भन्सार विभागले जनाएको छ।

लकडाउनको सुरुआती हप्ताको तुलनामा भन्सारको दैनिका कारोबार दुई अर्ब ४० करोड हाराहारीले बढेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताउनुभयो।

लकडाउनको पहिलो हप्ता दिनको ५० देखि ६० करोडको हाराहारीमा हुने गरेको औसत आयात जेठ अन्तिममसम्म आईपुग्दा दैनिक तीन अर्बको हाराहारीमा पुगेको महानिर्देशक दाहालको भनाइ छ।

Insert your Ads code here

यसअघि कोरोना असर तथा लकडाउन नहुँदा दैनिक औसत ५ अर्बको भन्सारको कारोबार हुने गरेको थियो । जेठ २५ गतेसम्मको विवरणमा भन्सार कारोबार ६० प्रतिशत हाराहारीमा पुगेको महानिर्देशक दाहालले बताउनभुयो। पछिल्लो चार दिनमा बढेको भन्सारको आयात चाप हेर्दा कारोबार ७० प्रतिशत हाराहारी पुगेको हुन सक्ने उहाँले बताउनुभयो।

अनलाइनखबरका अनुसार बिहीबार मात्रै विराटनगर नाकामा नेपाल भित्रिने मालबाहक सवारी सरिसाधनको लाम केही किलोमिटरसम्म पुगेको भन्सार कार्यालय विराटनगरले जनाएको छ। नेपाल र भारत दुबैतर्फ लकडाउन खुकुलो भएपछि केही दिनदेखि सबै नाकाबाट आयात बढ्न थालेको विभागले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!