Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

लकडाउन थपिँदै, कोरोना फैलियो परिवारमा


नेपालमा कोभिड– १९ (कोरोना भाइरस) को संक्रमण अब विदेशबाट फर्किएका मानिसमा मात्र सिमित रहेन । त्यस्ता मानिससँगको सम्पर्कका अन्य व्यक्तिमा पनि संक्रमण देखा पर्न थालेको छ । कोरोना संक्रमणको विश्वव्यापी स्थितिलाई हेर्दा यस्तोखाले संक्रमणलाई गम्भीर मानिन्छ, जसको फैलावट बुलेट ट्रेनझैँ द्रूततर हुने गरेको छ । आजै नेपाल सरकारले थप संक्रमित भेटिएको घोषणा गर्ने र चैत्र २५ पछि लकडाउनको अवधि कम्तीमा एक हप्ता बढाउने गरी मन्त्रिपरिषदमा सिफारिस पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

मार्च १९ मा संयुक्त अरब इमिरेट्सबाट आएका कैलालीका ३४ वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । अहिले उनैकी पत्नीसहित परिवारका अर्का एक सदस्यमा स्वास्थ्य परीक्षण गर्दा हिजो शुक्रबार राति संक्रमणको पुष्टि भएको हो । यसबाट विदेश हुँदै आएका मात्र होइन, यहीं बसेका परिवारजनमा समेत संक्रमणको खतरा बढेको, आफैं परीक्षण गर्न गएकाहरुको हकमा पोजेटिभ रिपोर्ट आएको तर यसरी परीक्षण गराउन नजानेको संख्या थुप्रै भएकोले नयाँ खाले समस्या सिर्जना हुन पुगेको हो ।

त्यस्तै, कोरोना परीक्षण तथा विरामीको सहज उपचारका निम्ति निजीक्षेत्रका विभिन्न व्यापारी र स्वास्थ्य संस्थाले चीनबाट ल्याएको भनिएका सामान फेरि पनि घोषित परिमाणभन्दा कम आएको छ ।

Insert your Ads code here

शुक्रबार बिहान चीनको ग्वाङझौबाट ३० टन सामान ल्याउने भनी नेपाल एयरलाइन्सको चार्टर्ड फ्लाइट आरए ४१७२ १० दस जना क्रु मेम्बर र महावाणिज्यदूत हरिशरण पुडासैनीसहित पठाइएकोमा त्यसले ७५४८ किलोग्राम मात्र सामग्री ओसार्न सकेको छ ।

चीन सरकारले १७ वटा कम्पनीलाई मात्र यस्ता सामग्री उत्पादन र निर्यात गर्न विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अनुमति दिएकोमा मापदण्ड अनुरुपका सामग्री नपाइएपछि चीन आफैंले ल्याउन नदिएको स्रोत बताउँछ ।

जनअास्था साप्ताहिक अनलाइनबाट साभार

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!