Loading... आजः शनिबार , श्रावण १२, २०८१

लक्ष्मी नारायण सहकारीको १५ औं साधारणसभाबाट अध्यक्षमा पुनः कडायत चयन


२०८० पुष १४ शनिबार प्रकाशित

 

कैलाली ÷ टिकापुर नगरपालिका वडा नं ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी नारायणपुरको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
चुनावी सभाले अध्यक्षतामा कपुर सिह कडायतलाई निविरोध चयन गरेको छ । कडायत तेस्रोपटक निविरोध चयन हुनु भएको हो ।

Insert your Ads code here


वार्षिक साधारणसभा कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका का नगर प्रमुख रामलाल डगौराले टीकापुर भित्र करिब ७७ वटा सहकारी रहेको बताउँदै टीकापुरको वडा नं. ६,७का सहकारी अरु सहकारी भन्दा शेयर सदस्य लाभान्वित हुने गतिविधि गर्ने र नाफा बढि गर्न गरेको बताए ।


करिब ६२ लाख मुनाफा आर्जन गर्नु ठूलो मुनाफा रहेको बताउँदै यसको सबै श्रेय शेयर सदस्यमा जाने बताए । “सहकारीको मेरुदण्ड शेयर सदस्य हुन, उहाँहरुलाई माथि उकास्नु सहकारीको जिम्मेवारी हो ।” उनले भने ” कुनै सहकारी संस्था मा शेयर सदस्य सक्रिय छैनन् भने त्यो संस्था माथि उठ्न सक्दैन ।” उनले सहकारी संस्थाको सबैभन्दा महत्वपूर्ण गहना भनेको इमानदारीता रहेको बताउँदै सहकारी आफैमा घर हो, सहकारी इमानदारीता हो यसलाई सदैव उच्च राख्नुपर्ने बताए । साथै सहकारी असफल भएमा त्यसको प्रत्यक्ष असर सहकारीका शेयर धनीमा पर्ने समेत बताए ।


कार्यक्रममा शेयर सदस्य चतुर प्रसाद खनाल, पत्रकार भिम वि.क., जनता राष्ट्रिय मावि बैदिका प्रअ किरण धिताल, भानुभक्त आधारभुत विद्यालयकी प्रअ माया साउँद, सत्तिकर्णाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धनसिँह साउँद, सुनसनीया ग्रामीण विद्युुत सहकारी संस्थाका अध्यक्ष पहलमान चौधरी, निरन्जन ग्रामीण विद्युुत सहकारी संस्थाका अध्यक्ष नन्दसिंह बोहरा, राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाका अध्यक्ष देव बहादुर बुढाथोकी, नारायणपुर खानेपानी संस्थाका पुर्वअध्यक्ष चिरञ्जीवी खनाल, सहकारीका निर्वाचन समिती संयोजक विरेन्द्र शाह, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेत, पुर्व धनसिंहपुर गाविसका अध्यक्ष जंग बहादुर साउँद, टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दीर्घ ठकुल्ला, वडा नम्बर ७ का अध्यक्ष यज्ञ न्यौपाने ,टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


सहकारीको अधिकृत शेयर पुँजी ५ करोड रहेको मध्ये २०८० साल अषाढ मसान्तसम्म चुक्ता शेयर पुँजी रु ९८ लाख ३ सय ५० रुपैयाँ रहेको छ । संस्थाको गतवर्षको निक्षेपरु ६ करोड २० लाख ३२ हजार ६ सय ४ रुपैयाँ रहेकोमा गतवर्षको तुलनामा ८.५१ प्रतिशतले वृद्धि भई २०८० असार मसान्त सम्म संस्थाको कुल निक्षेप रु ६ करोड ७९ लाख ३१ हजार ३ सय ४८ रुपैयाँ रहेको छ । साथै संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा रु ६२ लाख ४४ हजार ५ रुपैयाँ ०३ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
कार्यक्रममा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान दिएको बन्दै भानुभक्त आधारभुत विद्यालयकी प्रधानाध्यापक माया साउँद, उत्कृष्ट ऋणी विश्वराज चौधरी, उत्कृष्ट बचतकर्ता राम नारायण चौधरी, बन्धना चौधरी, रामप्रसाद चौधरी, रोहित महत्तो, दुर्गा बुढा, अजुवा चौधरी र व्यक्तिगत निक्षेपकर्ता प्रेमराज आचार्यलाई सहकारी संस्थाले सम्मान गरेको थियो । त्यस्तै पत्रकारहरुलाई सम्मानस्वरुप झोलाहरु प्रदान गरिएको थियो ।
सहकारी संस्थाका अध्यक्ष कपुर सिंह कडायतको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष युवराज नायकले गरेका थिए भने सञ्चालन सचिव ओपेन्द्र बहादुर खड्काले गरेका थिए ।
साधारणसभा बाट अध्यक्षमा पुनः कपुरसिंह कडायत चयन भएका छन् । भने उपाध्यक्षमा युवक कुमार नायक ,सचिवमा ओपेन्द्र खड्का ,कोषाध्यक्षमा नृप कडायत निर्विरोधरुपमा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा धनबहादुर बुढा ,ओम प्रसाद भट्टराई ,श्रिपाल चौधरि,शान्ति बुढाथोकी ,पहल धामी र फुलराम चौधरि रहेका छन् ।
लेखा समिति संयोजकमा वासुदेव कोइराला र सदस्यहरुमा लालबिर चौधरि र गोपि धामी रहेका छन् ।
संचालक समितिको सह सचिवमा भने धनसरि कोइराला र टेक बहादुर खड्काले उम्मेदवारी दिएको र शनिबार अबेरसम्म सहमति हुन नसक्दा १६ गते साँझ ५ बजेसम्म सहमतिको लागि समय प्रदान गरिएको र सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने निर्वाचन समितिका संयोजक विरेन्द्र शाहले जानकारी दिए ।
अध्यक्ष पदमा चयन भएका कपुरसिंह कडायत यस अघि दुई कार्यकाल सफलता पुर्वक सम्पन्न गरि उनि तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । टिकापुर नगरपालिका भरिका सहकारी मध्ये सामाजिक काममा सहयोग गर्नेमा लक्ष्मी नारायण सहकारी रहेको शेयर सदस्य ओम प्रकाश चौधरीले दाबी गरे ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!