बर्दिया राजापुर
भदौ १४ गते सुक्रबार
लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. टेडियाबजार शाखा बर्दियाले सुक्रबार मृत्यु बाफतको बिमा रकम रु.५ लाख भुक्तानी गरेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. टेडियाबजार शाखा केन्द्र नं. ९६ मा आवद्ध सदस्य राम कुमारी थरुनीको श्रीमान स्व. शालिकराम चौधरी भएपछि मृत्यु बाफतको बिमा रकम रु.५ लाख भुक्तानी गरेको हो ।
राजापुर नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष बिदुर पोखरेल, लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. प्रादेशिक कार्यालय अत्तरिया कैलालीका प्रदेश प्रमुख रमेश अर्याल, राजापुर नगरपालिका वडा नं. ०४ अन्नतपुरका बडघर ठग्गु थारु, स्थानिय समाजसेवी बुद्धिजीवी भुवन ढकाल, लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. टेडियाबजार शाखाका शाखा प्रबन्धक लोकेन्द्र खड्का कर्मचारी गणेश गिरी र केन्द्रका सदस्यहरुको उपस्थितिमा राम कुमारी थरुनीलाई चेक हस्तान्तरण गरिएको थियो ।
Insert your Ads code here
राजापुर नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष बिदुर पोखरेलले सँस्थाले गरेको सकारात्मक कार्यलाई उजागर गर्दै सँस्था र सदस्य बिच दिपक्षिय सकारात्मक सम्वन्ध हुनुपर्ने बताउदै कर्जाको सहि सदुपयोग गरीनु पर्ने बताउनु भयो ।
सँस्थाका प्रदेश प्रमुख मेश अर्यालले बिमाको महत्व बुझाउदै बिमा सम्वन्धित सम्पूर्ण जानकारी दिनुका साथै सँस्थाका अन्य समाजिक उत्तरदायित्व अन्तर्गतका बिषयमा पनि जानकारी गराउनु भएको थियो ।