बर्दिया /राजापुर
मंसिर १४
लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. टेडियाबजार शाखा बर्दियाले बिहीवार मृत्यु बाफतको बिमा ३ लाख रकम भुक्तानी गरेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. टेडियाबजार शाखा बर्दियाका केन्द्र नं. ४१ मा आवद्ध सदस्य राज कुमारी थारुको श्रीमान स्व. सिताराम थारुको मृत्यु बाफत बिमा रकम रु.३ लाख गेरुवा गाउँपालिका वडा नं. ०६ का वडाध्यक्ष कृष्ण गोपाल चौधरी, त्यसै गाउ बेलभरियाका बडघर सिताराम चौधरी, गेरुवा गाउँपालिका वडा नं ६ का वडा सदस्य अमर बहादुर खत्री, लक्ष्मी लघुवित्त टेडियाबजार शाखाका कर्मचारीहरु दिपेन्द्र चौधरी र गणेश गिरी, अन्य स्थानिय भद्र भलादमी ब्यक्तिका साथै केन्द्रका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा सो रकम सदस्य राम कुमारी थरुनीलाई हस्तान्तरण गरिएको थियो ।
add
Insert your Ads code here
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. टेडियाबजार शाखाका शाखा प्रमुख लोकेन्द्र खड्काले बिमाको महत्व बुझाउदै बिमा सम्बन्धि जानकारी गराउनुका साथै संस्थाका अन्य पक्षहरू बारे पनि स्पष्ट पार्नु भएको थियो ।
गेरुवा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष कृष्ण गोपाल चौधरीले बिमा बारे सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बिमा किन आवश्यक रहेछ त भन्ने कुराको जानकारी गराउनु भयो ।