Loading... आजः शनिबार , श्रावण १२, २०८१

लक डाउनमा पनि नेपालमा निर्माण आयोजना प्रायः संचालित


नेपाल सरकारले लकडाउन खुकुलो बनाउँदै उद्योग र निर्माणाधीन आयोजना निर्माण वातावरण सहज गराउने भने पनि त्यसअनुसार काम हुन सकेको छैन। केही आयोजनाको काम सुरु भए पनि प्राय: उद्योग तथा परियोजनाले काम अघि बढाउन नसकिएको बताएका छन्।

अहिले करिब तीनवटा खानी मात्र सञ्चालनमा आएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउनुभयो। अन्य खानी सञ्चालनका लागि प्रक्रिया थालिए पनि सहज नभएको उहाँको गुनासो छ। यति बेलासम्म प्राय: सबै खानी सञ्चालनमा आउनुपर्ने हो । तर सरकारले गरेको निर्णयअनुसार काम हुन सकेको छैन। ‘खानी सञ्चालन प्रक्रिया थालेका छौं,’ थापाले भन्नुभयो, ‘पाल्पामा ५ मध्य ३ वटा खानी सुरु भए भन्ने जानकारी आएको छ। उदयपुर र हेटौंडामा सुरु गर्न सकिएको छैन । बर्खा लागेपछि खानीबाट चुनढुंगा ल्याउन सकिन्न।’

उद्योगहरु चलाउने प्रयास भइरहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउनुहुन्छ। ‘राष्ट्रिय गौरवका आयोजनाको काम सुरु भएपछि सिमेन्टको आवश्यकता पर्‍यो, हामीले मौज्दातमा भएको सामान उपलब्ध गरायौं,’ उहाँले भन्नुभयो, ‘सरकारले लकडाउन खुकुलो बनाएर उद्योग पुन: सञ्चालन गर्न भने पनि त्यति सहज वातावरण भने छैन ।’ गाउँमा उद्योग चलाउँदा स्थानीयमा त्रास हुने खतरा बढेको छ। त्यसैले पहिले खानी चलाउनुपर्ने उहाँको भनाइ छ।

Insert your Ads code here

कान्तिपुर अनलाइनका अनुसार पूर्ण क्षमतामा उद्योग चल्दा दैनिक ४५ हजार टन सिमेन्ट उत्पादन हुन्छ। त्यस्तै ४० हजार टन चुनढुंगा खपत हुन्छ।

देशभर ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्। जसमा चुनढुंगामा आधारित उद्योग २१ वटा छन्।

देशभर निर्माणाधीन विद्युत् आयोजना प्राय: चालू अवस्थामा रहेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो।’निर्माणाधीन आयोजानाका लागि सामान छैन,’ उनले भने, ‘सिमेन्ट र निर्माण सामग्री सकिएको ठाउँमा पुर्‍याउने प्रयास भइरहेको छ। निजी क्षेत्रकै लगानीमा निर्माणाधीन आयोजना धेरै छन्, तिनमा पनि केहीको काम भइरहेको छ, केहीको सुरु गर्ने तयारी छ।

सडक विभाग भने लकडाउनका बेलामा पनि देखिने गरी काम भएको बताउँछ। निर्माणको अन्तिम चरणमा रहेका ८ वटा पक्की पुल सम्पन्न भएको र ५० किमि सडक ओभर–ले गरिएको विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो। यही अवधिमा ५० किमि नयाँ कालोपत्र र ६० किमि नयाँ सडक निर्माण भएको उहाँको दाबी छ।

सरकारले लकडाउन खुकुलो बनाएपछि केही थप आयोजनामा काम सुरु गर्ने तयारी हुँदै छ। कोरोना संक्रमितको संख्या बढेपछि भने कामदारमा मानसिक त्रास बढेको छ। सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले पनि भवन निर्माणको काम लकडाउनका बेला पनि जारी रहेको बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!