Loading... आजः शनिबार , श्रावण १२, २०८१

लखनाऊमा आयोजित 23औं राष्ट्रिय युवा उत्सव 2020 मा सिक्किमको बलियो सहभागिता


गान्तोक, 14 जनवरी। भारतको उत्तर प्रदेशको राजदानी लखनाउमा आयोजित 23औं राष्ट्रिय युवा उत्सव 2020 मा सिक्किमे टोलीको बलियो सहभागिता रहेको छ।

भारत सरकारको केन्द्रीय युवा मामिला तथा खेलकूद मन्त्री किरेन रिजेजु र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा गत 12 जनवरीको दिन उत्घाटन गरिएको युवा उत्सवमा सिकिकमको खेलकूद तथा युवा मामिला विभागको नेतृत्वमा सिक्किमेली युवाहरूको एउटा सशक्त सांस्कृतिक टोलीले सहभागीता जनाएको छ।

स्वामी विवेकानन्दको जन्मोत्सवको अवसर पारेर आयोजन गरिएको युवा उत्सवमा सिक्किमको पक्षबाट विभागका अतिरिक्त निर्देशक (एडवेञ्चर) कुञ्जाङ ग्याछोको नेतृत्वमा गएको युवाहरूको टोलीले सिक्किमको लोक सांस्कृतिक झाँकी र सिक्किमको पहिचान बोकेको लोक संगीत विभिन्न प्रस्तुतीहरू प्रदर्शन गरिरहेको छ। सिक्किमबाट जम्मा 95 जना कलाकार तथा विभागीय अधिकारीहरूले सहभागिता जनाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको एक भारत श्रेष्ठ भारत नारालाई समर्थन गर्दै देशको सामाजिक साँस्कृतिक विविधतालाई यो उत्सवमा समेट्ने प्रयास गरिएको छ। यसैगरि फिट युथ फिट इण्डिया थिम दिइएको यो उत्सवमा देशभरिबाट नेहरू युवा केन्द्र, एनएसएस र स्थानीय 6 हजार युवाहरू यो उत्सवमा सहभागी बनेका छन्।

जसमा प्रत्येक दिन युवाहरूलाई शारिरिक क्रियाकलाप सहित विभिन्न कार्यहरूमार्फत एउटा नयाँ अनि फिट इण्डिया निर्माणको दिशा प्रदान गर्नु पनि यो कार्यक्रमको उद्देश्य रहेको छ। पाँच दिवसीय यो कार्यक्रममा लोक नृत्य, नाकट, हिन्दुस्थानी गायन, वकृत्व, तबला, मृदङ, वीणा, बांसुरी, सितार, गीटार, मणिपुरी, कुच्चुपुढी, भारत नाट्यम, कत्थक समेत विभिन्न युवा कृति, खाद्य उत्सव, सहासीक शिविर, सुविचार र युवा कलाकार शिविर आदी आयोजन भइरहेको अतिरिक्त निर्देशक ग्याछोले बताए। यसैक्रममा सिक्किमबाट सबै जात गोष्ठीका लोक नृत्य, संगीत र साँस्कृतिक झाकीहरू प्रदर्शन गरिरहेको पनि बताए। उत्सवमा राई सिली नृत्य, भोटिया, लेप्चा, तामाङ नृत्यहरूसितै विभिन्न सांगीतिक प्रस्तुती पनि सिक्किमे कलाकारहरूले दिइरहेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!