गान्तोक, 25 जुन। लगातार रूपमा परिरहेको असारे झरीले सिक्किमको उत्तर जिल्लाको विभिन्न ठाउँमा पैह्रोले क्षति गेको छ। उत्तर जिल्ला प्रशासन केन्द्र, जिल्ला अस्पताल, जिल्ला पञ्चायत भवन जाने सडकको अवस्था सोचनीय पारेको छ।
मगन खेल मैदान मास्तिरको उक्त सड़क पैह्रोले भयावह पारेको छ। अहिले उक्त खेलमैदान अहिले पैह्रो सम्वेदनशील क्षेत्र बनेको छ। यातायात सुनिश्चित गर्नको निम्ति ट्राफिक पुलिस तैनाथ गरिएको छ। यसैगरि जिल्ला मुख्याल मगनबाट सिङताम गान्तोक आउने सडक लोबर कम्बलको नामोक खोलामा बन्द भएको छ। प्राप्त जानकारी अनुसार यो ठाउँमा गएको पैह्रोले भत्किएको बाटो बनाएर यातायात सुनिश्चित गर्न दुइ-तीन दिन लाग्ने बताइएको छ।
Insert your Ads code here
अर्कोतिर मगन चुङथाङ जाने राज्य मार्गमा पर्ने मियोङछु खोलामा पनि जलस्तर बढेको छ। लगातार झरी परिरहेमा मगन चुङथाङ हाइवेमा पनि रोकावट सिर्जना हुनसक्ने सम्भावना रहेको छ। यसरी नै राज्यको प्रमुख नदी टिस्टाको जलस्तर पनि निक्कै बढेको छ भने सिङताम आर्दश गाउँमा नदीको जलस्तर बढेको छ।