विवादमा तानिएका लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार पदबहाली गर्नुभएको छ।
उहाँले कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पदबहाली गर्नुभएको हो। उहाँलाई सोमबारको मन्त्रिपरिषद बैठकले बोर्डमा नियुक्त गरेको थियो। मन्त्रीपरिषदले नियुक्ति लगत्तैदेखि सामाजिक सञ्जाल, पत्रपत्रिका र नेकपाभित्र पार्टीका नेताहरूले पनि ब्यापक विरोध गरेका थिए। हिजो बालुवाटारमा भएको अध्यक्ष तथा प्रधानमन्त्री केपी अाेली, अध्यक्ष प्रचण्ड, वरिष्ट नेता झलनाथ खनाल र उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी बैठकमा वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उक्त नियुक्तिको विषयलाई लिएर कडा विरोध गर्नुभएको थियो। वरिष्ट नेता खनालकाे विरोध सुनेर प्रधानमन्त्री मुसुमुसु हाँसिरहेकाे र कुनै प्रतिक्रिया नजनाएकाे बुझिएको छ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट बोर्डमा नियुक्त हुनुअघि उहाँ राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्थ्यो।