बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ। बिस्फोट आसपासका क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पर्चा भेेेटिएको छ।
काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर १ को नर्सरी चोकमा रहेको ढकालको घरमा बम विस्फोट भएको हो।
बम विस्फोटस्थलमा भेटिएको पर्चा प्रतिबन्धित विप्लव समूहको हो। उक्त पर्चामा बालुवाटारको जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ।
Insert your Ads code here
‘बालुवाटारस्थित ललिता निवासको जग्गा माफियाका नाइकेहरु भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, भू–माफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परेर राज्य सञ्चालकले सुवर्ण शम्शेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरेको हो’, पर्चामा लेखिएको अन्नपूर्ण पाेष्ट अनलाइनमा समाचार छ।