बर्दिया बुधबार राजापुर नगरपालिका वडा न १० बाट १ जनालाई लागुऔषध खैरो हेरोइन सहित प्रकाउ गरिएको छ ।
बुधबार साँझ ५बजेर ४५ मिनेटको समय राजापुर नगरपालिका वडा नं.१० खैरी चन्दनपुरको पाहाडीपुर चोकमा प्रहरीको टोलीले गुलरिया देखी राजापुर आउँदै गर्दा भे ७ प ८१५६ नं मोटसाईकलका चालक राजापुर ४ बस्ने ३३ बर्षय निरजन खनाललाई चेकजाँचको क्रममा झोलाबाट ९ ग्राम खैरो हेरोइन सहित प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनु भएको छ ।