Loading... आजः शनिबार , असार ३०, २०८१

राजापुरमा बिर्यानी सेन्टरबाट लागु औषध सहित अन्सारी प्रकाउ


बर्दिया/राजापुर
बर्दियाको राजापुरमा लागु औषध सहित १ व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । लागु औषधको कारोबार गर्ने गरेको शंकाको आधारमा खान तलासी गर्दा राजापुर स्थित बिर्यानी एण्ड कफि शपका सञ्चालक अलिम अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार दिउँसो करिब १२ बजे ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको हो ।
अन्सारीको शपबाट प्रहरीले नाइट्राभेट १० ट्याबलेट ५७० , स्पासमो ट्याबलेट २६४ र अलपराजोपाम ४२० ट्याबलेट लागू औषध बिक्रि बितरण गर्ने गरेको शंकाको आधारमा अन्सारीलाई पक्राउ गरिएको हो। त्यस्तै शपबाट १ थान भिभो मोबाइल,नगद नेपाली ३ हजार ७ सय ७० र भारतीय २ सय २० रुपैयाँ समेत बरामद गरीएको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ।
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!