Loading... आजः शनिबार , श्रावण १२, २०८१

लापवाही हेलचक्रयाई नगरौ



विश्व महामारीकोरुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसको त्रास अहिले कम भएपनि संक्रमितहरुको संख्या भने कम हुन सकेको छैन् ।कोराना कै कारण दिन प्रति दिन संक्रमितहरुको सख्या बढीरहेको र एक साता यता बर्दियामा १ वडा अध्यक्ष गरी २ जनाको मृत्यु भइसकेको छन् । जब जब कोरोना भाइरसको वारेमा चर्चा चल्यो तब मानीसहरुमा त्रास फैलियो , लगभग ६ महिना व्यापार व्यवसाय ,उद्योग कलकारखाना, यातायातको साधनहरु बन्द रह्यो । अहिले यसलाई सामान्य रुपमा लिएको भएपनि नेपाल कै सेरोफेरोमा भन्नुपर्दा दैनिक ८ सय देखी १ हजार संक्रमितहरु देखा परीरहेका छन् ।
दशै लगायतको ठूलोचार्डपर्वहरु पनि नजिक आइरहेको समयमा अहिले व्यापार व्यवसाय ,उद्योग कलकारखाना, यातायातको साधनहरु चल्न सुरु भएको छ भने संक्रमितहरु भने बढीरहेका छन् हिजोका दिनमा प्रयोगहुने गरेका माक्स सेनिटाईजर,सामाजिक दुरीहरु पनि कम हुदै गइरहेकोले आगामी दिनमा कस्तो रुपलिने हो भने भन्न नसकिने अवस्था छ ।
सानो लापवाहीले ठूलो दुघटना निम्ताउन्छ भन्ने बुझेका भएपनि कोरोनाका औषधी नबनी सकेको अवस्थामा यसको औषधी नै तातोपानी र युनिटी पावर बढाउनु पर्छ भन्ने बुझाईले त्रास कम भएको अनुमान गर्न सकिन्छ । कोरोनाको त्रास कम भएपनि जोखीम भने कम हुन सकेको छैन त्यसैले कतै अर्को ठूलो बिक्रान्तरुप नलियोस भन्नका लागि सावधानी अपनाउन भने जरुरी नै देखिन्छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!