Loading... आजः शनिबार , श्रावण १२, २०८१

लालबजारमा निजी वाहनले सामान बोकेपछि मुख मर्दैछ ट्याक्सी चालकहरूको


गान्तोक, 26 अगस्त। सिक्किमको राजधानी गान्तोकको प्रमुख मार्केट लाल बजारमा निजी वाहनहरूले सामान धेरै ओसारप्रसार गर्ने गरेको कारण ट्याक्सी चालकहरूलाई मार्का परेको गुनासो अघि आएको छ। निजी वाहनहरू विशेष गरेर इको गाडीमा कानुन मिचेर सामान ढुवानी गरिको आरोप लगाउँदै यसबारेमा पुलिस प्रशासनले जाँच गरिदिनुपर्ने लाल बजार ट्याक्सी ड्राइभर एसोसिएशनका सदस्य पूर्ण तामाङले माग गरेका छन्।
उनले भने त्यसो त विभिन्न सस्याहरू रहिआएको छ लकडाउन र महामारीको कारण तर विशेष रूपमा अहिले गरिखाने ट्याक्सी चालकहरूलाई निजी वाहनहरूले सामान कानुन मिचेर बोक्ने गरेको तर ट्याक्सीलाई भने अलिकति धेरै सामान पनि बोक्न नदिएपछि झनै समस्या भएको छ। उनले भने सामानमा निजी गाडी चलिरहेको छ गाडीमा नअटेको केरियरमा पनि बोकिरहेको छ। ट्याक्सी ड्राइभर महामारीमा दुःखले गर्दा नै बजार आएको तर ट्याक्सीले बोक्ने समान पनि निजी वाहनहरूले बोक्न थालेपोछ समस्यामा परेको उनले बताए। लकडाउनमा दुःख छ तरै पनि अहिले कानुन मिचेर निजी वाहनहरू आएको छ जसले ट्याक्सी चालकहरूको भाग खोसएको उनको ठम्याइ छ। यसामा पुलिस प्रशासनले हेरिदिनुपर्छ भन्ने माग गर्छन्। लालबजारमा कसरी ट्याक्सी चलाउनु समस्या छ भन्ने कुरा उनीहरूलाई बताइदिनुपर्छ भनि बताए। यसैगरि ट्याक्सी सबै कागजपत्र अपटुडेट राखेर चल्छ तर निजी वाहनहरूमा त्यो नहुन पनि सक्छ त्यसबारे प्रशासनले सही तरिकाले जाँच गर्नुपर्ने बताए। यसैगरि उनले निजी वाहन जसले चलाउँदैछ उनीहरूलाई यस विषयमा आफूहरूले धेरैपल्ट भनेको तर अहिलेसम्म समस्या समाधान भएको छैन भन्दै अहिलेसम्म कुन आधारमा लालबजारबाट निजी वाहनहरूमा सामान बोक्ने गरेको छ त्यो स्पष्ट रूपमा जाँच गरिनुपर्ने माग दोहोऱ्याएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!