गान्तोक, 28 मार्च । सिक्किमको राजधानी गान्तोकको प्रमुख बजार कञ्चनजङ्घा शपिङ कम्प्लेक्स लाल बजारमा गान्तोक नगर निगमले कोरोना प्रकोपबाट जोगिन शुरू गरेको सचेना सफल बन्दै गएको छ।
दुई दिन अगाड़ी मात्र शुरू गरिएको बिहान आठ बजीदेखि दुईबजीसम्म पसल खोल्ने निर्णयलाई आम नागरिकले सफलतापूर्वक पालन गर्दै आएका छन्। यस बारेमा जानकारी दिँदै गान्तोक नगर निगमका बजार निरीक्षक योगेन स्याङदेनले अहिले लाल बजार नियन्त्रित ढङ्गमा चलिरहेको अनि जनताले नगर निगमको निर्देशलाई राम्ररी पालन गरिरहेको बताए।
उनले बजारमा आवश्यक सबै सामानहरू नियन्त्रित रहेको अनि मानिसहरूलाई सोसियर डिस्टेन्स सर्कल बनाएर दूरी बनाइराख्ने जुन अपील गरिएको छ त्यसलाई स्वेच्छाले पालन गरिरहेको बताए। आजदेखि लाल बजारमा हरियो सागपात पनि भित्रिएकोले मानिसहरूले आरामले आफुलाई आवश्यक सामानहरू किनमेल गरिरहेको बताए। अर्कोतिर, लाल बजारमा सबै समानको दाम नियन्त्रित रहेको बताए। अर्कोतिर, हिजोदेखि लाल बजार प्रवेशमा मानिसहरूलाई माक्स अनिवार्य गरिएको पनि उनले बताए।
यहॉं नियन्त्रित ढङ्गमा ग्राहकहरूलाई व्यस्थित गर्नुको निम्ति पुलिस प्रसाशनले बिहान आठ बजीदेखि अपराह्न दुई बजीसम्म बसेर कानून आदेश व्यवस्थित गरिरहेकोमा निगमको तर्फबाट उनले आभार पनि प्रकट गरेका छन्। अर्कोतिर, पसलेहरूले अहिलेको स्थितिमा बिक्री थोरै भए पनि आफुहरू सन्तुष्ट रहेको अनि निश्चित समयभित्र पसल बन्द गरेर घर परिवारसितै समय बताउन पाएकोमा खुशी व्यक्त गरेका छन्।