Loading... आजः शनिबार , श्रावण १२, २०८१

लिङ्गी सोक्पेमा शुरु भयो सीड ब्याङ्क


गान्तोक, 6 जुलाई । दक्षिण सिक्किमको लिङ्गी ग्राम पञ्चायत युनिटमा सिक्किमकै दोस्रो सीड ब्याङ्क शुरु भएको छ। हिजो 5 जुलाईका दिन सिक्किम विश्वविद्यालको जीव विज्ञान विभागका वरिष्ठ सहप्राध्यापक डा. भोजकुमार आचार्यको उपस्थितिमा यो सीड ब्याङ्क शुरु गरिएको हो। विशेष गरेर स्थायनी क्षेत्रमा पाइने स्वदेशी प्रजातिका बिऊ विजनको सुरक्षा र विकासको उद्देश्य राखेर यो सीड ब्याङ्क शुरु गरिएको हो। यो ब्याङ्कको माध्यमबाट स्थानीय क्षेत्रणा पाइने सबै प्रकारका स्वदेशी बिऊ विजनलाई सीड ब्याङ्कमा संग्रह गरेर अनि यसको माध्यमबाट इच्छुक मानिसहरूलाई वितरण गरी त्यसको उब्जनीबाट बिऊ विजनलाई बढाउने उद्देश्य राखिएको छ।
यो ब्याङ्कलाई वृहदरूपमा बढाएर भविश्यमा स्थानीय क्षेत्रमा गरिने जुनै पनि खेतीका निम्ति बाहिरबाट बिऊ विजनको आयात गर्नुनपरोस भन्ने लक्ष्य छ। सिक्किम विश्वविद्यालयले विभिन्न विषयहरूमा अनुसन्धान गरिरहेको छ। यसै क्रममा सिक्किम विश्वविद्यालयले अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एण्ड इनवेरोमेण्ट (एट्री) ले दार्जीलिङ पहाडी क्षेत्र तथा सिक्किममा जैवविविधतासँग सम्बन्धित विभिन्न विषयहरूमाथि अनुसन्धान गरिरहेको छ। विश्वविद्यालयको यो अनुसन्धान कार्यलाई भारत सरकारको पर्यावरण वन अनि मौसम परिवर्तन मन्त्रालयले जीवी पन्त इन्स्टिट्यूट अफ हिमालयन इनवारोमेण्टको माध्यनबाट सहयोग पुऱ्याइरहेको छ। यही अनुसन्धान कार्यमा प्रिञ्चिपल इन्भेस्टिगेटरको रूपमा रहेको डा.भोजकुमार आचार्यले स्वदेशी बिऊ विजनलाई संरक्षण गर्ने कार्यलाई पनि आफ्नो अनुसन्धान टोलीको साथमा अघि बढाइरहेका छन्। यसको फलस्वरूप पहिलो सीड ब्याङ्क पश्चिम पाण्डाम निर्वाचन क्षेत्रमा शुरु भएको थियो भने दोस्रो सीड ब्याङ्क लिङ्गी सोक्पे ग्राम पञ्चायतमा शुरु गरिएको छ।
अवकाशप्राप्त शिक्षक एलएन कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा लिङ्गी सोक्पे ग्राम पञ्चायतका पञ्चायत सभापति सोनाम पिञ्चो लेप्चा, लिङ्गी सोक्पे जैव विविधता प्रबन्धन समितिका सदस्य सचिव दुर्गा प्रसाद शर्मा, डा.भोजकुमार आचार्य, सिक्किम विश्वविद्यालयका रिसर्च एसोसिएट डा. जीन्स भी जे, विश्व विद्यालयकै जीव विज्ञान विभागका पीएचडी स्कलर विशाल ठकुरीलगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै डा. भोजकुमार आचार्यले स्वदेशी बिऊ विजनको संरक्षणसितै यसको दस्तावेजीकरणलगायत यीनै बिऊ विजनको माध्यमबाट सिक्किमको भविष्यको खेतीलाई अघि बढाउनुपर्ने आवश्यकता भएकाले सिक्किम विश्वविद्यालयले यो पहल शुरु गरेको जानकारी गारए। उनले स्थानीय कृषकहरूलाई यसमा सहभागी बनेर काम गर्न आग्रह गरे। स्थानीय कृषकहरूले पनि यस विषयमा चासो देखाएपछि भीएलडब्ल्यू एसएन चापागाईंले स्थानीय कृषि केन्द्रमा उपलब्ध गराएको कोठामा सीड ब्याङ्क शुरु गरिएको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!