नेपाल सरकारले ७५३ वटै स्थानीय निकायहरू र प्रशासनिक इकाईहरू तथा भारतद्वारा अतिक्रमित कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहित समेटिएको नयाँ नक्सा जारी गरेको छ।
०३२ सालमा पुण्यप्रसाद ओली नापीको महानिर्देशक भएदेखि कहिले विकास क्षेत्र, कहिले अञ्चल र कहिले ७५ जिल्ला समेटिएको नक्सा जारी हुँदै आएको थियो। पछिल्लोचोटि दुई वर्षअगाडि पनि संघीय स्वरुपमा सीमांकन गरेर प्रादेशिक विभाजनसहितको नक्सा आएको हो। तर लामो समयदेखि कालापानीलगायतका भूभाग भने नेपालको नक्सामा पर्न सकेका थिएनन्।
विभागका नयाँ महानिर्देशक प्रकाश जोशीसहित प्राविधिक टोलीले तयार पारेको अन्तिम नक्सा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले क्याबिनेट निर्णयका निम्ति केहीबेर अघि बालुवाटार लिएर जानुभएको थियो।
Insert your Ads code here
यो समाचार जनअास्था साप्ताहिक अनलाइनबाट लिइएको हो।सं.