Loading... आजः शनिबार , श्रावण १२, २०८१

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको हो: राष्ट्रपति भण्डारी


नेपालकाे राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताउनुभएको छ। सोमबार संघीय संसदकाे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले छुटेको नेपालको भूमि समावेश गरी नयाँ नक्शा सार्वजनिक गरिने जानकारी दिनुभएको हो।

लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै भारतले सडक निर्माण गरेको थियो। नीति तथा कार्यक्रममा वर्तमान सरकार गठनपछि छिमेकी मुलुकसहित अन्तरराष्ट्रिय सम्बन्धमा नयाँ आयाम स्थापित भएको पनि जनाइएको छ।

यसैबीच, गत नेकपा केन्द्रिय समितिको बैठकद्वारा कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नेपालको नयॉ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो भने आज जेठ २ गते बिहान नेकपाको आकस्मिक बसेको सचिवालयको बैठकद्वारा पनि नेपालको भुभाग कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नयॉ नक्सा सार्बजनिक गर्ने निर्णय सहित सरकारलाई सुझाव दिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!