संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुधबार लुम्बिनी परिषद्को बैठकलाई सम्बोधन गर्दै ‘हामी लुम्बिनीको वृहत्तर विकासका लागि काम गरिरहेका छौ’ बताएका छन्। मन्त्री भट्टराईले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले साेही अध्ययनका आधारमा विकास गरिने जानकारी दिए।
नेपाल चिनाउने महत्वपूर्ण ठाउँ लुम्बिनी भएको भन्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। लुम्बिनी नेपालको प्रमुख पर्यटकीय क्षेत्र भएकाले यसको विकास गरेर पर्यटकलाई आकर्षित गरिने छ। लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासले मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने बताएका छन्। बैठकले परिषद्को वार्षिक समीक्षा, योजना तथा आगामी वर्षका लागि बजेट तयार गर्नेछ।