Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

लुम्बिनीमा शुक्रबारदेखि तीन दिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्व महोत्सव सुरु


बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबारदेखि तीन दिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्व महोत्सव सुरु भएको छ। प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा आयोजित महोत्सव ३ दिनसम्म चल्ने अनलाइनखबरले लेखेको छ। महोत्सवकै अवधिमा मोलाम पूजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने छन्।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीको विकास अपेक्षाकृत रुपले अगाडि बढाउन स्थानीय जनप्रतिनिधि र राजनीतिक दललाई विकासमा राजनीति नगरी मिलेर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले लुम्बिनीलाई विश्वशान्तिको वास्तविक उद्गम थलो बनाउन स्थानीयले बुद्धिजमलाई गहिरो गरी अध्ययन गर्नुपर्ने बताउनुभयो। ज्ञानका माध्यमबाट शान्ति कायम गर्ने सबैभन्दा सशक्त माध्यम बुद्धिजम रहेको भन्दै उहाँले बुद्धिजमसँग जोडिएको कला, संस्कृति र साहित्यलाई विश्व कला बजारकै महत्वपूर्ण हिस्सा मानेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल मात्र नभएर विश्वशान्तिको उद्गम थलो भएकाले यसको विकासमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभयो। भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले लुम्बिनीको विकास सरकार एक्लैले गरेर नहुने भन्दै यसका लागि निजी क्षेत्र, संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!