Loading... आजः शनिबार , श्रावण १२, २०८१

लुम्बिनी भ्रमण वर्षको समापन


नेपालको प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ २५६४ औं बुद्धजयन्तीका अवसर पारेर बिहीबारदेखि औपचारिक रुपमा समापन भएको छ। प्रदेश सरकारले गौतम बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसारका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष वैशाख पूर्णिमामा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेको थियो।

भ्रमण वर्षका अवसरमा लुम्बिनीलगायत बुद्धसँग सम्बन्धित कपिलवस्तुका क्षेत्र,नवलपरासीको रामग्राम, रुपन्देहीको देवदहलगायत क्षेत्रहरुको प्रवद्र्धन र प्रचारप्रसारका महत्वपूर्ण कार्यक्रम आयोजना गरिएका छन्। सोही कार्यक्रममा बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा कोभिड –१९ महामारी विरुद्ध साझा संकल्प गर्दै लुम्बिनीमा दीप प्रज्वलनसमेत गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले महामारीविरुद्ध लड्न साझा ऐक्यबद्धताका लागि सबैलाई आह्वान गर्नुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

लुम्बिनी भ्रमण वर्ष मूल समितिका संयोजक मुख्यमन्त्री पोखरेलले कोभिड –१९ विरुद्ध जुध्नका लागि बुद्ध दर्शनलाई आत्मसात् गर्न सकिए मानव समुदायलाई आवश्यक पर्ने आत्मबल प्राप्त गर्न सकिने बताउनुभयो। उहाँले बौद्ध दर्शनले मानिसलाई निराशा नभएर आत्मविश्वास र मानसिक शान्ति कायम गर्न मार्गदर्शन गर्ने र भाइरसविरुद्ध लड्न सफलता प्राप्त गर्न महत्वपूर्ण भूमका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो।

Insert your Ads code here

सो अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं भ्रमण वर्ष कार्यकारी समितिका संयोजक लीला गिरीले भ्रमण वर्ष कार्यक्रम लुम्बिनी र बुद्धसँंग सम्बन्धित स्थानहरुको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्रित गरिएको बताउँदै यसबाट ती स्थानको प्रचारप्रसार तथा स्थानीयवासीमा संरक्षण र विकासमा अपनत्वको भावना जागरुक भएको बताउनुभयो।

प्रदेश सरकारका उद्योग सचिव डा राधा वाग्लेले भ्रमण वर्षमा आयोजना गरिएका मायादेवी प्रसूति उत्सव, सुजाता खीर उत्सव, बौद्ध साहित्यगोष्ठी, अन्तरराष्ट्रिय बौद्धदर्शन गोष्ठी, त्रिपिटकवाचन तथा बुद्धसंँग सम्बन्धित स्थानमा प्रत्येक महिनाको पूर्णिमामा फुल मुन डे कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!