Loading... आजः शनिबार , श्रावण १२, २०८१

लुम्बिनी भ्रमण वर्ष तथा बुद्धजयन्ती लुम्बिनीमा समापन


प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६, २५६४ औं बुद्धजयन्तीका अवसर पारेर बिहीबारदेखि औपचारिक रुपमा समापन भएको छ। प्रदेश सरकारले गौतम बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसारका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्ष वैशाख पूर्णिमामा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेको थियो।

भ्रमण वर्षका अवसरमा लुम्बिनीलगायत बुद्धसँग सम्बन्धित कपिलवस्तुका क्षेत्र,नवलपरासीको रामग्राम, रुपन्देहीको देवदहलगायत क्षेत्रहरुको प्रवद्र्धन र प्रचारप्रसारका महत्वपूर्ण कार्यक्रम आयोजना गरिएका छन्। सोही कार्यक्रममा बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा कोभिड –१९ महामारी विरुद्ध साझा संकल्प गर्दै लुम्बिनीमा दीप प्रज्वलन गरियो। गोरखापत्र अनलाइनका अनुसार कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले महामारीविरुद्ध लड्न साझा ऐक्यबद्धताका लागि सबैलाई आह्वान गर्नुभयो।

मुख्यमन्त्री पोखरेलले कोभिड –१९ विरुद्ध जुध्नका लागि बुद्ध दर्शनलाई आत्मसात् गर्न सकिए मानव समुदायलाई आवश्यक पर्ने आत्मबल प्राप्त गर्न सकिने बताउनुभयो। उहाँले बौद्ध दर्शनले मानिसलाई निराशा नभएर आत्मविश्वास र मानसिक शान्ति कायम गर्न मार्गदर्शन गर्ने र भाइरसविरुद्ध लड्न सफलता प्राप्त गर्न महत्वपूर्ण भूमका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो। सो अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं भ्रमण वर्ष कार्यकारी समितिका संयोजक लीला गिरीले भ्रमण वर्ष कार्यक्रम लुम्बिनी र बुद्धसँग सम्बन्धित स्थानहरुको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्रित गरिएको बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!