गान्तोक, 28 अगस्त। सिक्किमका मुख्यमन्त्री पीएस गोलेले पश्चिम सिक्किमको सागबारी लेकसिपका पैह्रो सम्वेदनशील क्षेत्रको निरिक्षण गरे। यस अवसरमा उनले प्रभावित परिवारका सदस्यहरूसित पनि अन्तर्क्रिया गरे। यसका साथै जिल्लापाललाई आवश्यक निर्देश पनि जारी गरे। जसमा गाउँलेहरूलाई सार्नको निम्ति सुरक्षिक ठाउँ चिन्हित गर्ने आदेश पनि दिएका छन्। यस क्षेत्रका गाउँलेलाई सुरक्षित ठाउँमा स्थान्तरण गर्नको निम्ति एउटा समिति बनाउने निर्देश पनि दिएका छन्। उनले प्रभावित परिवारका गुनासोहरू सुन्नका साथै परिवारका एक एक सदस्यलाई अस्थायी सरकारी नोकरी दिने आश्वासन पनि दिएका छन्। मुख्यमन्त्रीसित क्षेत्र विधायक तथा मन्त्री लोकनाथ शर्मा अनि अन्यको पनि उपस्थित रहेको थियो।