Loading... आजः आइतबार , माघ २७, २०८१

लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान राजापुरमा सुरु


मंसिर११ / बर्दिया राजापुर

  बुधबार राजापुर नगरपालिकामा लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानलाई उद्घाटन गदै कामना सन्देश दिदै कार्यक्रमका प्रमुख अतिथी राजापुरनगरपालिका प्रमुख शिब प्रसाद चौधरीले संसार बदल्नुछ भने सुरुवात आफैबाट गर्नु पर्ने भनाईलाई उदारण दिदै अब लैङ्गिक हिसा अन्त्य गर्न तपाई हामी सबैले घरैबाट सुरुवात गर्नु पर्ने बताउनु भएको छ । 
नगर प्रमुख चौधरीले नगरवासीहरुमा लैङ्गिक हिसा अन्त्यका लागि शुभकामना व्यक्तगदै कोभिड १९को कारण यस बर्ष अलि सागुरो पाराले कार्यक्रम गर्नु परेको, बताउदै १६ दिने अभियान अभियानको रुपमात्र नभएर निरहन्तररुपमा लैङ्गिक हिसा न्यूनिकरण अन्त्यका लागि सबै समुदाय लाग्नु पर्ने बताए ।
विशिष्ट अतिथी राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीले यस बर्ष कोभिड १९को कारण बृहत कार्यक्रम गर्न नसकेपनि कुनै न कुनै माध्यमबाट समुदायमा सन्दे
श दिनुपर्छ भन्ने सोचले लैङ्गिक हिसा नहोस भन्ने सन्देश जाहोस भन्नका लागि पर्चापम्पलेट, बेनरटास्ने काम, ५ ठाँउमा भिते लेख्न, रेडियो सन्देश कर्यक्रम, १० वटा वडामा १० जोडिलाई समता बिकास तालिम, माईकिङ्ग, पत्रपत्रिकामा सन्देश सुचना, लगायत १६ दिन सम्म यस किसिमका कार्यक्रम गरि मनाई बताउनु भयो ।


कार्यक्रममा सभापति तथा राजापुरनगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारीले हिर्साको चपेटामा धेरै जसो महिला दिदी बहीनीहरु परीरहेको ले यसलाई बचाउन जरुरी रहेको बताउदै अब १६ दिने अभियानले मात्र नहुने यसलाई ३६५ दिनै यसैगरी सक्रियरुपमा लाग्नु पर्ने बताउनु भयो ।
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ,व्यक्ति समाज र सबैको एक्यवद्धता मुल नाराको साथ राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरी र उप प्रमुख मनकला कुमारी चौधरीले
सयुक्तरुपमा कार्यक्रमको पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रम संचालन गदै महिला, बालबालिका तथा जेष्ठ नागरिक उपशाखाका सहायक महिला बिकास निरीक्षक प्रतिभा महतराले प्रत्येक साल लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रमहरु शसक्तरुपमा गर्ने गरेको भएपनि यस बर्ष गर्न नसकेको बताए ।


उद्घाटन कार्यक्रममा नगरकार्यपालिका कार्यालयका अधिकृत, शाखा प्रमुख, सहायक,र विभिन्न संघ तथा संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीकोे उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमलाई सफल बनाउन साझेदारी सस्थाहरु के.एम.जे.एस., सि.एस.डि.आर., बि गुरुप, बाके यूनेस्को कल्ब रहेका छन् भने मिडिया पार्टनरमा साथी एफ.एम, कोठियाघाट अनलाई रहेका
छन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!