Loading... आजः बुधबार , माघ ९, २०८१

लोधोमा खेल मैदानमा रामाम हाइड्रोपावरर स्थानीयले बनाए फर्किआउनेहरूको निम्ति कोरिन्टिन सेन्टर


लोधोमा, 14 मई। स्थानीय स्तरमा कोरोनाको सक्रमणलाई ध्यानमा राख्दै देश विदेशकाबाट घर फर्कन चाहने स्थानीय वासीको निम्ति लोधोमा बजारका मानिसहरूले स्थानीय रमाम पावर प्रोजेक्टको सहयोगमा सुरक्षित ठाउँमा कोरोन्टाइन सेन्टर बनाइएको छ।

लोधोमा बजार वरिपरिका जति पनि देश विदेशबाट फर्किरहेका छन् उनीहरूको निम्ति लगभग दशवटा करोनटाईन बनाएको छ।
कसैलाई असुविधा नहोस भन्ने हेतुमा लोधोमा बजारका मानिसहरूले उत्त कोराईनटानमा सबै कुरा उपलब्ध गराएका छन्।शनिबार करोनटाईन को कार्य समाप्त भए पछि लोधोमा बजारका अमन सुब्बा,शरद राई,अनुप राईले जानकारी गराउँदै दिन प्रतिदिन करोनाको महामारी ले संकट पार्न थालेको छ।देश बिदेशबाट घर फर्कन आउने महानुभावहरुको सुरक्षा एवम गाउँमा करोना नफैलियोस भन्ने सोचले नै लगभग तीन लाख खर्च गरेर करोनटाईन बनाईएको बताएका छन्।उनीहरूले थप यस करोनटाईन बनाउनको निम्ति राम्माम हाईडल प्रोजेक्ट प्रबनधक प्रलय शंकर मुखपाध्य अनि पीओ रूविना प्रधानले ठुलो सहयोग गरेका छन्। कालान्तरमा लोधोमावासी सग राम्रो सम्बन्ध रहोस भनेर उक्त सहयोग गरेको थाहा लागेको छ।
यसरी नै समाजकै सदस्य भएता पनि कमल एण्ड कम्पनीका मालिक कमल राईले करोनटाईन ठाउँमा चाहिने बिजुली बत्ती जडान गरिदिएका छन् भने लोधोमा बजार वरिपरिका स्वनिर्भर दल अनि तीन वटा समाजको ठुलो सहयोग एवम योगदान रहेको बताएका छन्। जति पनि लोधोमा बजार का मानिसहरू एवम राम्माम हाईडल प्रोजेक्टमा कार्यरत कर्मचारी घर फर्किरहेका छन् उनीहरूको निम्ति यस ठाउको व्यवस्था गरिएको हो।यसरी नै हामीले यस करोनटाईन सगै पुरुष महिलाको निम्ति छुट्ठा छुट्टै शौचालय निर्माण गरिदिएका छौ तर जति पनि यस करोनटाईन मा बस्ने मानिसहरू छन् उनीहरूले खाने कुरा उनीहरूकै परिवारले बन्दोबस्त गर्नु पर्ने अमन सुब्बा लगायत अन्य मानिसहरूले बताएका छन्।अमन सुब्बाले अधि बोल्दै लोधोमा खेल मैदानमा निर्माण गरिएको यस करोनटाईन सगै हामीले परिवारले ल्याएको खाना राख्ने बन्दोवस्त पनि गरिदिएको छौ।साथै उनीहरूको सुरक्षा एवम कुनै कुरा असुविधा नहोस भन्ने हेतुमा लोधोमा पुलिस प्रशासनले पनि सह योग गर्ने बताएका छन्।

लोधोमा बजार देखि धेरै टाडामा रहेको यस करोनटाईन स्थलको चौतर्फी प्रशंसा हुन थालेको छ भने मानिसहरूले आफ्नो गाउँ बचाउनको निम्ति यसरी एकताको सुत्रमा कुनै भेदभाव नगरि अगाडि आउनु पर्ने प्रेरणादायक कार्य भएको बताईरहेका छन्।सरकारले करोनटाईन को आफ्नै गाउँ समाजले अघि आएर बनाउँनु पर्ने कुरालाई मध्यनजर राखेर नै लोधोमा बजारको करोनटाईन धेरै खर्च लगाएर बनाईएको छ भन्दै स्थानीय मानिसहरूले अब हामी धेरै सतर्क रहनु पर्ने समय आएको छ।देशमा कोरोना को सक्रमण थोरै हुँदा हामीले लकडाउन कठोर रूपमा पालन गर्यौं तर जब कोरोनाको महामारी सिलगुढी सम्म आईपुग्दा हामी एक दमै लापरवाही हुन थालेका छौ।हाम्रो ठाउँमा एउटा पनि कोरोनाको संक्रमण छैन तर हामीले यसलाई हल्कामा लिन नहुने यसरी नै लापरवाही गरिरह्यो भने भोलीको दिनमा हामी नै संकटमा पर्ने उनीहरूको भनाई छ।यस्तो समयमा समाजले कडा रूपरेखा तयार पार्यो भनेर कसैले नकारात्मक नसोचिदिने भन्दै उपस्थित स्वनिर्भर दलका सदस्यहरूलाई निवेदन गर्दै एक महिना धैर्य गरेर बस्ने सिलगुढी बाट आएको कुनै पनि साग सब्जी नकिने दिने एवम नबेचिदिने अपील गर्दै रिम्बीक लोधोमा क्षेत्रमा नै उत्पादन गरेको साग सब्जी प्रयोग गरिदिने आग्रह गर्दै कोरोना देखि बाचियो भने भविष्यमा जे पनि गर्न सकिन्छ तर सानो लापरवाहीले गाउँलाई नै असर गर्ने बताए पछि उपस्थिति महिला समूहले उत्त प्रसतावलाई स्वीकार गर्दै समर्थन गरेका छन्।
यसरी नै शनिबार कै दिन उद्घाटन गरिएको करोनटाईन मा कालेबुङ एवम सिलगुढीबाट घर फर्किएका तीन जनालाई करोनटाईनमा राखिएको जानकारी छ।जानकारी अनुसार जति पनि घर फर्किए रहेका छन् उनी करोनटाईन सम्म आईपुग्दा सबै आफैले खर्च विहोरनु पर्ने अनि कसैलै पनि घरमा नै करोनटाईन गर्न नपाउने साथै राती राती लुकेर खबर बिना घरमा आएका खण्डमा गरेका सबै परिवारलाई पनि कोरोनटाईमा राख्ने तीन वटा समाज अनि महिला समूहले बताएका छन्। (सञ्जय निरौला)

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!