‘ल्होसारलाई सांस्कृतिक सम्वतको मान्यता देऊ’
नेपालमा सरकारी कामकाज विक्रम सम्वतमा आधारित भएझै(ल्होछार) ल्होसारलाई सांसकृतिक सम्वतको रुपमा मान्यता दिइनु पर्ने माग राख्दै आएका बौद्धमार्गी र अन्य जनजाति समुदायले यो पटक पनि बढो हर्षाेल्लासका साथ सोनम ल्होसार मनाएका छन्। ल्होसारलाई सरकारले राष्ट्रिय पर्वको रुपमा मान्यता दिदै माघ १० गते रािष्ट्रय बिदा समेत दिएको छ।
ल्होसार मनाइने तरिका र यसको महत्व
जनजातिहरुको सम्वत फेरिने प्रक्रिया हो ल्होछार वा ल्होसार। ल्होसारको गणना पद्धति र मान्ने प्रचलनमा एक रुपता रहेपनि नयाँ वर्ष फेरिने तिथिमा भने थोरै भिन्नता पाइन्छ।
हिमालीमूलका जनजातिहरु तामाङ, गुरुङ, मगर, थकाली, हुम्ली, ह्योल्यो, शेर्पा र तिब्बती मूलका जातिहरुले मुख्य रुपमा मान्ने गरेको ल्होसारलाई सांस्कृतिक र धार्मिक चाड मानिन्छ।
कतिपय जनजातिहरुले आआफ्नै परम्परागत मान्यताअनुसार एक एक महिनाको अन्तरमा फरक नामले ल्होसार मान्ने गरे पनि वैज्ञानिक र ज्योतिष शास्त्रको विश्लेषणको आधारमा माघ शुक्ल प्रतिपदालाई मुख्य रुपमा वर्ष फेरिने सोद–नाम ल्होसार(सोनम ल्होछार) को रुपमा मान्ने गरेको पाइन्छ।
जनजाति संस्कृतिको अमूल्य निधिको रुपमा रहेको ल्होछार परम्परा विश्व मानव समुदायमा परम्परा विश्व मानव समुदायमा पुरातन सभ्यताको रुपमा परिचित रहेको पाइन्छ। विवका मंगोलियन मुलका अन्य मुलुकहरुमा समेत प्रचलनमा रहेको ल्होसारको गणना पद्धतिमा चन्द्रयात्रालाई आधार पद्धतिमा हुन्छ। बसन्त ऋतुको आगमनसँगै फेरिने ल्हो पद्धतिको प्रकृतिसँगै फेरिनेले पद्धतिको प्रकृतिसँग समेत अन्योनाश्रित सम्बन्ध रहेको विश्लेषण ल्होसारका विज्ञहरु गर्दछन्।
नेपालमा विशेषगरी बसन्त ऋतु आगमनका पूर्वसन्ध्यामा अर्थात् पौष शुक्ल प्रतिपादेखि ल्होसार मान्ने प्रचलन रहँदै आएको छ। यसरी यहाँ पौष शुक्ल प्रतिपदा, माघ शुक्ला प्रतिपदा फाल्गुन शुक्ल प्रतिपदा गरी तीन किसिमका ल्होसार मान्ने गरिन्छ। यीमध्ये माघ शुक्ल प्रतिपदाको ल्होसारलाई मुख्या ल्होसारको रुपमा मान्नुपर्ने राय ल्होसार विज्ञहरुको अध्ययन अनुसन्धानले बताएका छन्। ल्होसारका बारेमा ज्योतिष मतअनुसार ठूलो मतभेद नरहे पनि ल्होसार मान्ने जातिहरुको परम्पराअनुसार पृथक धारणा बन्ने पुगेको छ।
ज्योतिष पात्रो अनुसार पनि सूर्या उत्तरायण हुने माघ महिनालाई ल्होसार महिनाको रुपमा कायम गरेको पाइन्छ भने माघको चन्द्रमास अनुसार माघको चन्द्रोदयको प्रतिपदालाई मूल तिथिको रुपमा लिएको पाइन्छ। यसले सौरपन्चांग र चन्द्रपन्चांगलाई सन्तुलनमा ल्याएर बनाएको चन्द्र पात्रो र सौर पात्रोको सम्मिश्रणको रुप नै माघे ल्होसार हो भनि लामा टी ग्याल्जेनले आफ्नो कृतिमा उल्लेख गरेका छन्। ल्होसारका अनुयायी जनजातिहरुले ल्होसार माघे शुक्ल प्रतिपदामा नै मान्नु सर्वाेत्तम र तथ्य मुलक हुने निष्कर्ष समेत निकालेका छन्। अन्य थुप्रै विज्ञहरुले पनि माघ शुक्ल प्रतिपदालाई मुख्य ल्होसारको रुपमा मान्नुपर्ने राय प्रकट गरेको पाइन्छ। ल्होसार मान्ने जनजातिहरुले ल्हो ‘वर्ग’लाई बाह्र वटा जीवजन्तुहरुको नामबाट चिन्ने गर्दछन्। जुन हरेक वर्ष एक एक गरि फेरिने गर्दछ। र ल्होसार मान्यताअनुसार यो बाह्र वर्षलाई १ वर्षको चक्र मानिन्छ र पाँच वटा वर्ष चक्रलाई एक पूर्ण चक्रको रुपमा मानिन्छ। जसको आफ्नै किसिमको ज्योतिषिय विश्लेषण छ। ल्होको मानव जीवनसँगै प्रत्यक्ष सम्बन्ध छ। जुन वर्षमा बच्चा जन्मेको हो त्यसको वर्ग त्यही वर्गको जन्तुको नामले चिनिन्छ। ती जीवजन्तुहरुमा जीवा(मुसार), लाङ(गोरु), ताक(बाघ), यायी(खरायो), डुक(गरुड), डुल(सर्प), ता(घोडा), लुक(भेडा), खी(कुकुर), फाग(बदेल) रहेका छन्। यी बाह्र वटा जीवजन्तुहरुको नामाकरण हुनुमा पनि बौद्ध धार्मिक परम्पराअनुसार छुट्टै किम्वदन्तीहरु पाइन्छन्। जनजातिहरुको पुरातन सभ्यताको अध्ययन अनुसन्धान र विश्लेषणको अभावका कारण यो सभ्यता विवादको जालोमा पर्न गएको कुरा जनजाति नेताहरु बताउँछन्। नेपालमा सरकारी काम विक्रम सम्वतमा आधारित भएकाले पनि ल्होसारलाई सांस्कृतिक सम्वतको रुपमा मानिनुपर्ने राय उनीहरुको छ।
छहरा साप्ताहिक
तपाइँकाे प्रतिक्रिया
