वक्तृत्व कला प्रतियोगिता सम्पन्न
“मेरो आवाज,हाम्रो समान भविश्य”भन्ने विश्वव्यापी नाराका साथ नवांै अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा रुम टु रिड फिल्ड कार्यालय कोहलपुर बाँकेद्धारा वर्दिया र बाँके जिल्लाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी बिच“कोरोना कहरमा बालिका शिक्षा र बालवालविवाह”भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सुक्रबार आयोजना गरेको छ ।
आफ्नै बालविवाह रोकेर उदाहरणीय बनेकी साथै बालविवाह विरुद्धको अभियानमा सक्रिय सुर्योदय माध्यमिक विद्यालय चिसापानी बाँकेकी छात्रा सलिना सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुखअतिथिको रुपमा कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु चौधरी, विशिष्ट अतिथिहरुमा कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्त कुमार पौेड्याल, खजुरा गाउंँपालिकाका शिक्षा प्रमुख खगेन्द्र मल्ल रहनु भएको कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्राकारहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु र अन्यमहानुभावहरुको उपस्थिति रहेको थियो .।
बाके र बर्दियाका १७ जना बालबालिकाहरुको सहभागिता रहेको कार्यक्रममा गुराँस माध्यमिक विद्यालयका छात्र राज विक्रम वोहोरा प्रथम, ज्ञानज्योती माध्यमिक विद्यालय बाँके र त्रिभुवन मा.वि.कोहलपुका छात्रा र छात्राहरु क्रमश भावना भुसाल र विजन जैशी द्वित्तीय, राम माध्यमिक विद्यालयकी छात्रा लक्ष्मी पुन तृत्तीय र त्रिभुवनमा.वि कोहलपुरकी छात्रा विभूति रिजालले सान्तवना स्थान प्राप्त गरेका थिए ।
सो कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ सहायकद्वय टिकाचौधरी र विपना खरेलले सञ्चालन गर्नु भएको थियो । प्रतियोगिताको लागि पुरस्कार विद्यालय खुल्ने अवस्था सिर्जना भएपछि वा तिहारपछि वितरण गरिने कुरा आयोजनक संस्थाका फिल्ड कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुवंरले बताउनु भएको छ ।
सो कार्यक्रममा वक्ताहरुले कोरोनाको प्रभावको कारण शिक्षक र विद्यार्थीहरुको दुरी बढ्दै गएको, अभिभावकहरुले रोजगारी गुमाएका कारणबालबालिकाहरुको शैक्षिक अवस्था कमजोर हुदै गएको, लकडाउनको अवस्थामा बालिकाहरुप्रति दुव्र्यहार बढ्दै गएको, बालविवाह बढ्दै गएको कुरा व्यक्त गरिएको थियो ।