बर्दिया राजापुर साउन ११
राजापुर नगरपालिका वडा नं ३मा वडा स्तरिय युवा संजाल रानपा ३ द्वारा वडा कार्यालय मा हेल्प डेस्क स्थापना गरिएको छ ।
युवा संजाल कि अध्यक्ष दीक्षा विष्टको अध्यक्षतामा राजापुर नगरपालिका वडा नं३का अध्यक्ष बिष्णु प्रसाद खनालको प्रमुख आतिथ्यमा एक कार्यक्रम बिच हेल्प डेस्क स्थापना गरि संचालनमा ल्याइएको छ ।
वडा अध्यक्ष खनालले वडाको सेवा प्रवाहलाई सहज गराउन हेल्प डेस्क सुरुवात भएको बताउदै वडामा आउने सेवाग्राहीलाई छिटो छरितो रुपमा काम गर्न डेस्क मार्फत सहयोग पुग्ने बताउनु भयो । वहाँले समाज बिकास का लागि युवाहरु निस्वार्थ भवनाले स्व स्फुर्त अघि बढेकोमा साह्रै खुसी भएको अध्यक्ष खनालको भनाइ आफ्नो वडा विकास का लागि युवाहरु यसरी अघि सरेकोमा हृदय देखि धन्यवाद र सम्मान व्यक्त गर्दछु बताउनु भयो ।
Insert your Ads code here
वडा स्तरीय युवा सन्जालका सल्लाहाकार दिलिप रत्गैयाले उद्देश्यको बारेमा बताउदै निः शुल्क निवेदन लेखन, फारम भराई हुने र आवश्यक कागजातको फोटोकपी बजार मूल्यको आधा मूल्यमा गरिने बताए ।
कार्यक्रममा वडा सदस्यहरु लौटन थारु, रामप्रसाद थारु, चम्पा कररा,हरुको उपस्थित रहेको थियो ।
हेल्पडेक्स स्थापना पछि वडा सेवा ग्राहीहरुलाई वडा स्तरमा हुने काममा सहज भएको छ ।