Loading... आजः शनिबार , श्रावण १२, २०८१

वडाले सुरु ग¥यो सिख्दै कमाउदै कार्यक्रम


बर्दिया / राजापुर

राजापुरनगरपालिका वडा नं ८ ले सिप सिख्दै गरेकालाई सिख्दै कमाउदै कार्यक्रमबाट सहयोग गरेको छ ।
राजापुरनगरपालिका वडा नं ८ वडाले यस आ.ब. देखी सुरु गरेको गरेको सिख्दै कमाउदै कार्यक्रममा हाल १० जना सहभागिले साउन महिनामा बनाएको सामाग्री प्रति गोटाको दरले हुन आउने रु ७ हजार नगद प्रदान गरेको वडा अध्यक्ष राजेश थारुले बताउनु भएको छ ।


राजापुर नगरपालिका वडा नं ८मा रहेका विपन्न परिवारका पढ्न छाडेका २० जनालाई सिपको विकास गरी जिविको पार्जनमा सहयोग पुराउने उद्देश्यले सिख्दै कमाउदै कार्यक्रम लागु गरेको वडा अध्यक्ष राजेश थारुले बताउदै सिप सिक्नेक्रममा उत्पादन गरिएको सामाग्री आधारमा प्रत्येक महिना वडाले सहयोग कार्यक्रम सुरु गरेको बताउनु भयो ।

Insert your Ads code here


वडा अध्यक्ष थारुले यस आ.व.मा २० जनालाई सिप प्रदान गर्ने बताउदै एकातर्फ सिपको विकास हुने र अर्को तर्फ रोजगार सृजना हुने, सिप सिक्ने क्रममा आर्थिक समस्या नहोस भन्नका लागि यो कार्यक्रम यसै आर्थिक बर्ष देखी लागु गरेको बताए ।
राजापुरनगरपालिका वडा नं ८ धोविनपुर स्थित राजापुर कोसेली घरमा सिप सिक्न आएकाहरुलार्इ वडाले सहयोग गरेको हो ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!