बर्दिया राजापुर
बिहीवार राजापुर नगरपालिका वडा नं ५का अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा बसेको वडा समितीको बैठकले आगामी आ.व.२०७९/०८० देखी लागु गर्ने गरी ३ वडा महत्वपुर्ण बिशेष निर्णयहरु गरेको छ ।
बैठकले किसान माध्यमिक बिद्यालय खल्लाजयपुरर पदम कुमारी माध्यमिक बिद्यालयमा अध्यानरत बिद्याथीहरुका लागि पढ्दै कमाउदै उत्पादनमुलक एव व्यवसायमूलक योजना संचालन गर्ने, राजापुर नगरपालिका वडा नं ५मा रहेका अति विपन्न भूमिहीन दलित सुकुम्बासी द्धण्दपिडित गरिवीका रेखामूनी रहेका नागरिकहरुको लागि गाउमा आपतकालीन सरल राहत कोष स्थापना गर्ने र व्यवसायिक कृषि गर्न चाहने राजापुर नपा ५ भित्रका कृषकसमूह, व्यवसायी, उद्यमी ,फर्म कृषक किसानहरुले लिजमा लिएको १० बिघा सम्मको जग्गा को भाडा वडा कार्यालयले भूक्तानी गरिदिने निर्णय गरेको छ ।