Loading... आजः शुक्रबार , असार ६, २०८२

वन्यजन्तुबाट बढी क्षेती हुने गरेको छ ः नगर प्रमुख थारु


बर्दिया राजापुर
राजापुर क्षेत्रमा बाढी कारण भन्दा बन्यजन्तुका कारण मानविय, पशुचौपायहरुलाई बढी क्षती हुने गरेको राजापुर नगरपालिका नगरप्रमुख दिपेश थारुले बताउनु भएको छ ।
बिहीबार राजापुरमा बसेको विपद जोखीम न्यूनिकरणका लागि नगर प्रमुखको नेतृत्वमा रहेको विपद पुर्व तयारी समन्वय बैठकमा नगर प्रमुख दिपेश थारुले सो कुरा बताउनु भएको हो ।


कुनै विपद् आइहाल्यो भने बर्तमान नगरपालिकाको अवस्था र सस्थाहरुले खेल्नु पर्ने भूमिकाका लागि पुर्व तयारीका गर्न बसेको बैठकमा महेश चन्द गौतमले सहजिकरण गर्नु भएको थियो ।
राजापुरनगरपालिका विपद शाखा प्रमुख खुसीराम चौधरीले संचालन गर्नु भएको कार्यक्रममा राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दिया कार्यक्रम संयोजक संजय चौधरीले बाढी लगायतका विपदहरु आउने समय भइरहेकोले त्यस समयमा हुने मानविय, पशुचौपाय धनजनको क्षती कम गर्नका लागि यो विपद पुर्व तयारी समन्वय बैठक गरीएको बताउनु भयो ।


बैठकमा राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वडा नं १का वडाअध्यक्ष बाबुराम चौधरी, वडा नं ३का वडाअध्यक्ष प्रशादु थारु, वडा नंं ७ का वडाअध्यक्ष रामु थारु, वडा नं ८का वडाअध्यक्ष राजेश थारु,राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दिया फिल्ड अफिसर रेनुका चन्द, दिक्षा विष्ट, विपद जोखीम न्यूनिकरणका पदाधिकारी, पत्रकारहरुको उपस्थित रहेको थियो ।
शसक्त बालिका परियोजना अन्तर्गत सञ्चालित कार्यक्रम अन्तरगत प्लानइन्टर नेशनल, राधाकृष्ण थारुजनसेवा केन्द्र आर्थिक सहयोगमा राजापुरनगरपालिकाको आयोजनामा बैठक सम्पन्न भएको थियो ।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!