Loading... आजः शनिबार , श्रावण १२, २०८१

वरिष्ट अधिवक्ता न्याैपानेद्वारा पूर्वप्रम माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग


बरिष्ट अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ।

वरिष्ट अधिवक्ता न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्व पनि मुद्दा दायर गर्न माग गर्दै रिट दायर गर्नुभएको हो।

अख्तियारले गत गत साता १७५जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यही प्रकरणमा अख्तियारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा दायर गरेकोमा कांग्रेसले विरोध गर्नुका साथै लगातार तीन दिनसम्म संसद अवरुद्ध गरेको थियो। कांग्रेसले पनि यो प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई किन चोख्याईयो? भन्दै आवाज उठाउँदै आएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!