Loading... आजः शनिबार , श्रावण १२, २०८१

वर्खाको ताण्डव शुरु, उत्तर सिक्किममा पैह्रोले एक महिलाको मृत्यु दुइ घाइते


गान्तोक, 24 मई। सिक्किममा मनसुन आउन अघि नै बर्खे झरीले ताण्डव गर्न थालेको छ। यसैक्रममा लगातार रूपमा परिरहेको पानी झरीमा आज उत्तर सिक्किमको कवि तिङ्दा निर्वाचन क्षेत्रको लिङचुम गाउँमा गएको पैह्रोले एक 50 वर्षीया महिलाको मृत्यु भएको छ भने दुइजना गम्भीर रूपले घाइते भएका छन्।

आज दिउँसो लगभग 1 बजी दिउँसो पैह्रोले श्रीमती फुफु लह्मु शेर्पाको घटनास्थलमै मृत्यु भएको छ। उनको शौचालय पैह्रोले लगेर घरमा बस्नु खतरा भएपछि छिमेकी पासाङ शेर्पाको घरमा शरण लिएका थिए। तर पासाङ शेर्पाको घरै पैह्रोले लगेपछि उनको मृत्यु भएको हो। पैह्रोले पासाङ सेर्पा र छ्वाङ शेर्पाको घर बगाएको छ। यसैगरि उक्त पैह्रोमा 38 वर्षीया श्रीमती लाक्पा डोमा शेर्पा र 29 वर्षिय भाइचुङ शेर्पा गम्भीर रूपले घाइते भएका छन्।

दुवैलाई उपचारको निम्ति अस्पताल लगिएको छ। पैह्रोग्रस्त क्षेत्रमा क्षेत्र विधायक तथा मन्त्री कर्मा लोडे भोटियाले भ्रमण गरेर पीडित परिवारसित भेटघाट गरेका छन्। उनले उत्तर सिक्किमको विभिन्न क्षेत्रको पनि निरिक्षण भ्रमण गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!