Loading... आजः शनिबार , श्रावण १२, २०८१

वर्दियाको मधुवन नगरपालिकाले यसै साता वाट विद्यालय संचालन गर्दै ‘


बिनोद चन्द
मंसिर ८ बर्दिया मधुवन
वर्दियाको मधुवन नगरपालिकाले यसै साता वाट विद्यालय संचालन गर्ने तयारी गरेको छ ।
कोरोना भाइरसका कारण लामो समय देखी बन्द रहेका विद्यालय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संचालनमा ल्याउने तयार थालेका हो । शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ मंसिर १४ गते भित्र नगरभित्रका सम्पूर्ण विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको मधुवन नगरपालिका नगरप्रमुख गणेश वहादुर क्षेत्रीले वताउनु भयो । मंसिर ६ गते वसेको मधुवन नगर शिक्षा समितिको वैठक र आज वसेको प्र.अ वैठको निर्णय वमोजिम विद्यालय सञ्चालन गर्न लागीएको हो । वैठकमा कात्तिक २० गतेको मन्त्रिपरिषदको निर्णयवाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धी कार्यढाचाँ २०७७ मा उल्लेख भएका ७ ओटा विकल्प मध्ये आफुलाई पायक पर्ने विकल्प अपनाई विद्यालय सञ्चाल गर्ने निर्णय भएको मधुवन शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले जानकारी दिनुभयो । उहाले स्वास्थ्य सुरक्षाका.मापदण्ड अपनाएर भौतिक दूरी कायम गरि विद्यार्थी सङ्ख्याको आधारमा सिफ्ट अनुसार कक्षा संचालन गरिने बताउनु भयो । हाल मधुवनमा २७ ओटा सामुदायिक र १२ ओटा संस्थागत गरी जम्मा ३९ ओटा विद्यालय रहेका छन् ।
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!