वर्षायाम सुरु भए सँगै देखिन थाल्यो डल्फिनWith the onset of the rainy season, dolphins began to appear
कैलाली ढुगानाटोल
वर्षायाम सुरू भएपछि कैलालीका साना ठूलानदीहरुमा डल्फिन देखि पर्न थालेको छ ।विब्शकै दुलर्भ जिव डल्फिन कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा, गैरिनालामा डल्फिन देखिन थालेकाे हो ।
हुलाकी मार्ग सग जोडिएको टिकापुर नगरपालिका वडा नं ७ बैदी ढुगानाटोलबाट सहजरुपमा डल्फिन देख्न सकिन्छ । भोजराज श्रेष्ठको सक्रियतामा डल्फिनको वारेमा जनचेतना फैलाउने काम धेरै बर्ष देखी भइरहेता पनि डल्फिन क्षेत्र पुग्नका लागि नेपाल सरकारले बाटो घाटोहरु बनाउन, स्थानिय वासीहरुको जिवनस्तर सुधारका लागि त्यती काम गरेको भने देखीदैनन ।
वर्षेनी वर्षातको समयमा नदिमा पानीको सतह बढ्दै गएपछि डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल का महासचिब जय प्रसाद ढुंगाना बताउँछन् । ढुंगानाले यो वर्ष वर्षातको समयमा दुई वटा भाले पोथी तथा दुई वटा बच्चाहरु गरि चार वटा डल्फिन देखिएको बताए ।
गंगेटिका प्रजातिको (gangetic species) डल्फिन स्वच्छ पानी मा बस्ने तथा प्रयाप्त मात्रामा आहार, प्रजनन् गराउन सुरक्षित बासस्थान खोजीमा डल्फिन आउने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले बताए । डल्फिन अवलोकनका लागि टिकापुर ७ मा दुई वटा भ्युटावर , भजनी ३ मा एक वटा भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएको बताए ।
अध्यक्ष ढुंगानाले भजनी ८ मा नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणधिन रहेको बताए । डल्फिन अवलोकनका लागि दुई वटा ढुंगा समेत रहेको छ । अध्यक्ष ढुंगानाका अनुसार जथाभावी नदीमा फोहोर फाल्दा प्रदुषण बढ्दै गएको तथा अव्यवस्थित ढल निकास, ठुला ड्याम संरचना निर्माणले संरक्षणमा चुनौति थपिएको बताए । यसको सही तरिकाले ब्यबस्थापनका लागि तिनै तहका सरकारले गुरुयोजना बनाउन आवश्यक रहेको बताए । स्थानीय संरक्षणकर्मी का प्रोत्साहनका निम्ति जनचेतनामुलक कार्यक्रम, जिविकोपार्जन कार्यक्रम, रोजगारी, छात्रवृत्ति वितरण जस्ता विभिन्न किसिमका कार्यक्रम स्थानीय समुदायलाई हौसला प्रदान गनुपर्ने अध्यक्ष ढुंगाना बताउँछन् ।