Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना


रासस

वाग्मती : प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना  अघि बढाएको छ।

बडादशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वमा हुन सक्ने सम्भावित चोरी ठगी तथा अपराधिक क्रियाकलापलाई निरुत्साहित पर्ने उद्देश्यले चाडपर्व लक्षित सुरक्षा योजना अघि बढाइएको हो। जसका लागि प्रदेशका १० जिल्ला (काठमाडौँ ललितपुर र भक्तपुरबाहेक) प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटलाई चुस्तदुरुस्त बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

Insert your Ads code here

प्रदेश प्रहरी कार्यालय मातहत रहेका सबै जिल्ला प्रहरी कार्यालय, सबै ट्राफिक प्रहरी कार्यालय र दङ्गा प्रहरी गण कार्यालयसहित सबै प्रहरी युनिट शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी दिइएको छ। प्रदेशका १० वटा जिल्लामा चाडपर्व लक्षित गरी करिब थप ३०० सुरक्षाकर्मी जिल्ला÷जिल्लामा पठाइसकिएको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ। सबै जिल्ला र आवश्यकताका आधारमा विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापनासमेत गरिएको हो।

उक्त सुरक्षा योजनाअन्तर्गत चोरी ठगीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण, सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन, राजमार्गमा हुन सक्ने  दुर्घटना न्यूनीकरण र समयमै उद्धार गरिनेजस्ता योजना छन्। वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटमा गरी करिब चार हजार ५०० सुरक्षाकर्मी कार्यरत रहेको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!