Loading... आजः सोमबार , असार ३२, २०८१

वातावरण तथा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन समेतमा  राजापुर नगरपालिकावाट भए गरेका प्रयासहरु र भावी कार्ययोजना 


१. राजापुर नगरपालिकाको संक्षिप्त परिचय : 

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने राजापुर नगरपालिका भौगोलिक हिसाबले हेर्ने हो भने २८ं २१° २५.१६´´ देखि २८° २९´ ४३´´ उत्तरी अक्षांश र ८१° ३´ २५.६३´´ देखि ८१° १२´ ५२´´ पुर्वी देशान्तर सम्म फैलिएको छ । समुन्द्र सतहवाट १४२ मिटर देखि १५४ मिटरसम्मको उचाईमा अवस्थित राजापुर नगरपालिका ऎतिहासिक तथा धार्मिक महत्व बोकेको एउटा प्रमुख कृषि क्षेत्र हो । १२७.०८ बर्गकिलोमिटर क्षेत्रफल रहेको यश नगरपालिकाको  पुर्वमा गेरुवा गाउँपालिका पश्चिममा कैलाली जिल्ला, उत्तरमा गेरुवा गाउँपालिका र कैलाली जिल्ला र  दक्षिणमा भारतीय सीमा क्षेत्र तिकुनिया, चौधरी चरणसिंह बाँध रहेको छ । 

Insert your Ads code here

यश नगरपालिकाको स्थापना मिति २०७१ बैशाख २५ गते भएको हो । २०७३ सालमा पुनः यश नगरपालिकामा तत्कालीन खैरी चन्दनपुर गा.वि.स.लाई समेत समायोजन गरि यश नगरपालिकाको क्षेत्र बिस्तार भएको हो ।

साविकका दौलतपुर, बदालपुर, नयाँगाउँ, राजापुर, भिम्मापुर र मानपुर टपरा गाविसलाई समायोजन गरि यश नगरपालिकाको क्षेत्र बिस्तार भएको हो । साविक राजापुर नगरपालिकालाई १९ वडामा बिभाजन गरिएको थियो भने २०७४ सालमा आएर यसलाई १० वटा वडामा बिभाजन गरिएको छ । 

२. राजापुर नगरपालिकाका विशेषता : 

२.१ पुरानो बजार चर्चित नाम 

२.२ मुल भन्सार र जिल्ला उद्योग बाणिज्य संघ

२.३ ऎतिहासिक महत्व 

२.४ व्यापारिक केन्द्र

२.५ सांस्कृतिक धरोहर 

२.६ करीब ८०% भन्दा बढी आदिवासी थारु जाति

२.७ गेरुवा कोठियाघाट नेपालको सबैभन्दा लामो पुल 

२.८ अर्नवा ताल राजापुर वार्ड नं.८

२.९ गणेश बाबा मन्दिर राजापुर वार्ड नं.४

२.१० खाद्य व्यवस्था तथा व्यापार कम्पनी र राजापुर राईस मिल समेत ।

२.११ थारु सोनाह होमस्टे राजापुर नगरपालिका वार्ड नं.१ 

२.१२ इलाका स्तरीय सरकारी कार्यालय ईलाका प्रशासन, ईलाका प्रहरी र सीमा सशस्त्र प्रहरी बल समेत । 

३. राजापुर नगरपालिकामा विपद् तथा जलवायु परिवर्तन वाट २०७७ सालमा भएका घटनाहरु जम्मा १९ वटा घटना मध्ये कमवाट बढी क्रमशः 

३.१ बाढी (Flood)

३.२ भारी वर्षा (Heavy Rainfall)

३.३ सर्पको टोकाई (Snake Bite)

३.४ चट्याङ (Thunderbolt)

३.५ अन्य अप्राकृतिक (Other Non Natural) 

३.६ आँधी (Windsstorm)

३.७ जंगली जनावरहरुवाट घटना (Animal Incident)

३.८ आगलागी (Fire) ।

४. विपद् तथा जलवायु परिवर्तन सँग सम्बन्धित भएका नीति तथा कार्यक्रमहरु

४.१ राजापुर नगरपालिकाका आपतकालीन कार्यसञ्चालन केन्द्र, २०७७

४.२ विपद् जोखिम न्यूनीकरण स्थानीय कार्यमञ्चको सञ्चालन मार्गदर्शन, २०७७

४.३ विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०७७

४.४ राजापुर नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको कार्यविधि, २०७७ 

४.५ राष्ट्रिय एकीकृत सूचना प्रणाली – BIPAD पोर्टलको सञ्चालन तथा व्यवस्थापन 

४.६ शीतलहर आकस्मिक योजना, २०७७

४.७ विपद् जोखिम न्यूनीकरण स्थानीय कार्यमञ्चको सञ्चालन मार्गदर्शन, २०७७

५. आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) राजापुर नगरपालिकामा रहेका महत्वपूर्ण सामग्री :

राजापुर नगरपालिका र जलवायु परिवर्तन उत्थानशिल परियोजना (CSDR) को लगानीमा निर्मित भवनमा रहेका महत्वपूर्ण सामग्रीहरु निम्नलिखित रहेका छन् 

५.१ प्लास्टिकको बोट १ वटा

५.२ लाईफ ज्याकेट १ वटा

५.३ स्ट्रेचर २० वटा

५.४ स्मार्ट एलईडि ८ वटा

५.५ त्रिपाल १५० वटा

५.६ मेगा हाते माईक ३ थान 

५.७ Fire Blankets १ थान ।

६. सूचना व्यवस्थापन 

६.१ बर्दिया जिल्ला कर्णाली नदीको लागि बाढी पुर्व सूचना प्रणाली 

६.२ Gauge Reader DDRC, Website updated 

६.३ Early Warning System website updated 

७. कार्यक्रमहरु 

७.१ Building BIPAD website & Portal info

८.  सुरक्षीत आश्रय घरहरू (Safe house – shelter)

८.१ सुरक्षीत आश्रय घरहरू ८ वटा

८.२ उच्च मचानहरु ३० वटा

८.३ जलवायु परिवर्तन सँगै कृषिमा बैकल्पिक जिविकोपार्जन योजना 

८.४  किसानलाई बेमौसमी तरकारी बालीमा बीउ तथा प्राविधिक सहयोग ३० जना 

९. शीतलहरवाट बच्न जकेट, सल समेत न्यानो कपडा वितरण नगरपालिका र विभिन्न संघ संस्था वाट समेत 

९.१ जेष्ठ नागरिकहरुलाई -१२८१ जना

९.२ दलित बालबालिकाहरुलाई -२००जना

९.३ द्वन्द पीडितहरुलाई -१०० जना

९.४ नगरपालिकामा न्यानो कपडा संकलन केन्द्र स्थापना ।

१०. सामाजिक जागरुकताका कार्यक्रमहरु

१०.१ खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि WASH Plan निर्माण 

१०.२ आर्थिक सहायता वितरण 

१०.३  हरुलाई विपद् तथा जलवायु परिवर्तन संग सम्बन्धित तालिम प्रदान गरिसकेको १००+ जना

१०.४ वडास्तरीय विपद् व्यवस्थापन समिति गठन र तालिम प्रदान 

१०.५ सामुदायिकस्तरीय विपद् व्यवस्थापन समिति गठन सम्पन्न ।

१०.६ बुढीकुलो सरसफाइ 

१०.७ जैविक तटबन्धन 

११. वातावरण तथा विपद् व्यवस्थापन र कोरोना कोष 

११.१ आर्थिक बर्ष २०७६/०७७ मा ३० लाख छुट्याइएकोमा यश बर्ष २०७७/०७८ मा ५० लाख 

११.२ कोरोना कोष १ करोड ।

१२.  सन्दर्भ (Context)

Vernacular word (स्थानीय भाषामा) : विपद् रोक्न सकिदैन तर त्यसवाट हुने नोक्सानीलाई भने कम गर्न सकिन्छ ।

जलवायु परिवर्तन जोखिममा रहेकाहरूको सुचिमा नेपाल चौथो सबैभन्दा जोखिममा रहेको मुलुक भनिएको छ जस अनुसार नेपालको स्थान “सर्वोच्च जोखिम” को समुहमा पर्दछ । नेपाल जलवायु परिवर्तनका असरहरुवाट पनि जोखिममा रहेको छ र यहाँ तापक्रम बढदैं जानुको साथै वर्षा पनि अनियमित हुने गरेको छ । 

त्यसैगरी बाढी, पहिरो र भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुवाट नेपाल उच्च जोखिममा छ । भुकम्प तथा मिश्रित विपत्तिहरुको जोखिमका सन्दर्भमा नेपाल क्रमशः ११ औं र १६ औं स्थानमा रहेको छ । जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकुल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपहरुको सम्भावना बढदै जान्छ । यसको फलस्वरूप महामारी र सुख्खापन फ़ैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्दछ । 

जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भएतापनि विपद्को अवस्थामा सबैभन्दा शुरुमा बालबालिकालाई शारीरिक र मानसिक जोखिम पार्नुका साथै वयस्कहरुमा भन्दा उनीहरुमा उक्त असर लामो समयसम्म रहन्छ । २०७२ को भुकम्पमा ८,९०० जना भन्दा बढीको ज्यान गुमेकोमा लगभग ३३ प्रतिशत बालबालिका थिए । 

१३. पुर्व योजना (Pre Planning) : 

“सन् २०३० सम्ममा जलवायु परिवर्तन र विपद्हरुका कारण लगभग १ करोड ८० लाख भन्दा बढी जनसंख्यालाई गरिबी तर्फ धकेल्ने सम्भावना रहेको बताईन्छ ।” 

विपद् व्यवस्थापनको तयारीको क्रममा १ रुपैयाँ खर्च गर्यौं भने विपद् व्यवस्थापन गर्ने क्रममा ४ रुपैयाँ बचाउन सकिन्छ । तर नेपालका कार्यक्रममा विपद् पुर्वतयारीमा नभई रोकथाममा केन्द्रित भएको पाईन्छ । 

१४. राजापुर नगरपालिकामा विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन तथा जलवायु परिवर्तन सँग सम्बन्धित भए गरेका विद्यमान नीति (Existing Plan) र भए गरेका प्रयाशहरु :

सरसर्ती हेर्ने हो भने यश पालिकामा विगत बर्षहरुमा पीडित परिवारलाई सामान्य तत्कालीन आर्थिक सहयोग वा राहत बाहेक खास गरि जलवायु परिवर्तन सम्बन्धि दीर्घकालीन प्रभावकारी नीति, रणनीति तथा क्रियाकलापहरु उल्लेख्य भएको पाईदैन । यसको कारण प्रमुखत: स्थानीय सरकार कानुनी रुपमा गठनको अल्प अवधी, केन्द्रिय नीति निर्देशन वाट निर्देशित र स्रोत तथा साधनको सीमितता रहेको अवस्था छ भने तथापि हिजोआज विभिन्न विकास साझेदार (Development Partners), गैरसरकारी संस्था र विभिन्न स्थानीय संस्थाहरु समेतको सहकार्यमा केही प्रयासहरु भने नभएका होइनन् जुन यहाँ टिपोट गरिन्छ :

१४.१ स्थानीय विपद् प्रतिक्रिया तथा व्यवस्थापन योजना Local Disaster Response Management Plan (LDRMP) जुन पुरानो राष्ट्रिय नीति अनुरुप बनेको थियो अहिले आएर त्यस योजनाको सान्दर्भिकता नरहेको (outdated) जसलाई राजापुर नगरपालिकाले नयाँ नीतिको रुपमा रहि पुनर्निर्माण गर्नुपर्ने देखिन्छ । 

१४.२ स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना (Local Disaster and Climate Resilience Plan (LDCRP) लाई नयाँ नीतिको आधारमा हाल निर्माण गर्नुपर्ने नीति हो । 

१४.३ अहिलेको अवस्थामा नयाँ नीतिले विपद् (Disaster) र जलवायु परिवर्तन (Climate Change) यी दुवै बिषयलाई समेटने गरि योजना  तर्जुमा गर्दछ । जसको माध्यम वाट आगामी दिनहरुमा हुने विपद् र जलवायु परिवर्तन लाई एकसाथ व्यवस्थापन र न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास गर्न सकिन्छ । हाल यो योजना विभिन्न संघ संस्था र दातृ निकायहरुको आर्थिक र प्राविधिक सहयोगमा नगरपालिकाले बनाउने क्रममा रहेको अवस्था छ । 

१५. जलवायु परिवर्तनको असर र प्रभावहरु :

विशेषतः जलवायु परिवर्तन वाट हुने क्षतीलाई न्यूनीकरण गर्ने प्रयासमा विभिन्न कामहरू भएको पाईन्छ । यश राजापुर नगरपालिकामा मौसम परिवर्तनका कारण प्रकोप विपद् मा रुपान्तरण भै त्यसवाट हुने घटनाहरूको प्रभाव मानिसहरूमा बढी देखापर्ने गर्दछ जुन प्रष्ट रूपमा देख्न सकिन्छ कि मानव सृजित कारणहरु हुन् । 

१६. जलवायु परिवर्तनका कारण हुने नोक्सानीलाई विभिन्न क्रियाकलाप द्वारा गरिएको रोकथामका प्रयाशहरु 

यहि क्रममा स्थानीय सरकार राजापुर नगरपालिका र सो अन्तर्गतका विभिन्न संघ संस्था निकायहरूको सहकार्यमा सम्पन्न भए गरेका केहि प्रयाशहरु निम्नलिखित बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ :

१६.१ प्रारम्भिक चेतावनी प्रणाली (Early warning System – EWS) 

१६.२ सचेतनामुलक जनहितमा जारी लोककल्याणकारी सन्देश (Promotional activities) : जलवायु परिवर्तनले गर्दा विशेष गरि जल, जमिन र जंगललाई पुर्णतः प्रभावित पार्ने गर्दछ । त्यसमा रोकथाम तथा न्यूनीकरणका लागि राजापुर नगरकार्यपालिकाको कार्यालय र अन्तर्गतका निकायहरूले सचेतनामुलक जनहितमा जारी लोककल्याणकारी सन्देश जारी गर्ने गरिएको छ । 

१६.३ पुर्व तयारी (Preparedness)

१६.४ भुमि संरक्षण योजना (Land Protection Plan) बनाउने  तयारी गरेको अवस्था ।

१६.५  सांस्कृतिक व्यवस्थापन (Cultural Management)

१६.६ जलमुल स्रोत तथा पानी निकाय व्यवस्थापन (Water Resource Management)

१६.७ सामाजिक जागरुकता कार्यक्रम (Social Awareness Campaign)

१६.८ सिचाइ व्यवस्थापन (Irrigation Management) 

१६.९  तालिम तथा मानव स्रोत विकास ( Training or Human Resouce Management)

१६.१० बैकल्पिक जीविकोपार्जन योजना ( Alternative Livelihood Plan – Diversification) लाई मध्यनजर गर्दै किसानहरूलाई जलवायु परिवर्तनले ल्याउन सक्ने समस्याहरुलाई न्यूनीकरण गर्दै खेती किसानी गर्नेहरुलाई सल्लाह दिई कृषिमा नयाँ प्रविधि भित्र्याउने योजना रहेको देखिन्छ । 

१७. समस्या, चुनौती तथा आगामी कार्ययोजना (Step Forward)

आगामी दिनहरूमा विद्यमान नीतिहरु परिमार्जन सहित अग्रगामी रुपमा निम्नलिखित बमोजिम गर्नुपर्ने देखिन्छ : 

१७.१ कर्णाली र गेरुवा नदीको छेउछाउमा तटबन्धनलाई व्यवस्थित गरिनुपर्ने ।

१७.२ जलवायु परिवर्तन वाट कृषिमा हुने समस्याहरुलाई समाधान गर्दै व्यवस्थित गर्ने ।

१७.३ स्थानीय अनुकुलन कार्यको योजना (Local Adaptation Plan for Action) – LAPA 

१७.४  राष्ट्रिय अनुकुलन कार्यको योजना (National Adaption Plan for Action) – NAPA

१७.५ मौसम अनुकुलन कार्यको योजना (Climate Adaptation Plan for Action) – CAPA

१७.६ स्थानीय विपद् तथा जलवायु प्रतिरक्षा योजना (LDCRP) राष्ट्रिय अनुकुलन कार्यक्रम (NAPA) को विकास तथा कार्यान्वयन स्थानीय सरकारले बनाउनु पर्ने छ । विपद् तथा जलवायु जोखिम मुल्यांकन गर्नुपर्ने 

१७.७ बालबालिका माथिको जोखिमका साथै बालबालिका विशेष आवश्यकताहरुको महत्वलाई जोड दिनका लागि बालबालिका केन्द्रित विपद् जोखिम न्यूनीकरण ( DRP) र जलवायु परिवर्तन अनुकुलनको प्रवन्धन गर्नुपर्ने 

१७.८ भौतिक पुर्वाधारहरुको डिजाइन र निर्माण गर्दा जलवायु तथा जोखिम न्यूनीकरणका उपायहरू अनुसरण गरिनुपर्ने ।

१७.९ यश प्रकारका प्रयासहरु भएमा यश नगरपालिकामा हुने विपद् र जलवायु परिवर्तनले ल्याउन सक्ने असर, प्रभाव तथा समस्यालाई यथाशक्य न्यूनीकरण गर्न सकिन्छ भन्ने मान्यता राखेको छ । 

सम्पादन तथा लेखक परिचय : 

~~~~~~~~~~~~~~~~~~

✍️ बसन्तराज अधिकारी 

अधिवक्ता – एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा)

हाल : उपसचिव, नेपाल सरकार 

कामकाज : प्रमुख प्रशासकीय अधिकृत

राजापुर नगरकार्यपालिका कार्यालय

राजापुर,  बर्दिया ।

✍️ लेखक : बसन्तराज अधिकारी 

घर : घोराही उपमहानगरपालिका, दाङ 

हाल : राजापुर नगरपालिका, बर्दिया ।

सन्दर्भ स्रोत सामग्री : 

~~~~~~~~~~~~~

१. My Presentation on Climate change and Resilience Workshop on plan, policy and practice of Rajapur Municipality our Me बसन्तराज अधिकारी 

Date : 2 February 2021

Siddhartha Hotel, Tikapur, Kailali. 

२. बिपद् जोखिम व्यवस्थापन सम्बन्धि राष्ट्रिय तथा पत्रपत्रिकामा प्रकाशित आफ्नै लेख सन्दर्भ सामग्री समेत 

३. www.rajapurmun.gov.np

४. राजापुर नगरपालिकाको नगर पाश्वचित्र, २०७५

५. IT officer Mr. Khushiram chaudhary, Rajapur municipality & Youth Innovative Lab का Scholar Expert Mr. Rabin Sharma.

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!