Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

वामदेवकाे सम्बन्ध सुधार्ने कोशिश, फेरि खुमलटारतिर !


कोरोनाको कहरवीच नेपाली राजनीतिमा अचेल दिनदिनै अनौठा अनौठा प्रहसन देख्न पाइएको छ। अन्तिम अवस्थामा फेरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई काँध थापेर नेकपामा बिकसित समीकरण उल्टाउनु हुने उपाध्यक्ष वामदेव गौतमले आज बिहानै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटी आफू प्रचण्ड नेपालकै कित्तामा रहेको स्पस्टिकरण दिनुभएको छ। “म भेट्न आउँछु, प्राविधिक कारणबस अस्ति जे जस्तो भएतापनि मैले भावनात्मक रुपमा तपाईंहरुको साथ छाडेको छैन,छाड्ने छैन।” भेटमा गौतमले यसो भनेको श्रोतले बतायो।

दश बर्षदेखि पार्टी र सरकारको नेतृत्वदायी भूमिकामा नरहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई खुट्टा कमाउने हैन, अब तपाईं प्रधानमन्त्री र प्रचण्ड कमरेड एकल अध्यक्ष हुने हो भनी सुर्याउनुसम्म सुर्याएर अन्तिममा प्रतिनिधिसभामा प्रवेश पाउने उधारो बचनसङ्गै क्याम्प फेरी पुनः अविश्वसनीय छवि प्रदर्शन गरेको आरोप केही दिनदेखि गौतमले खेप्दै आउनुभएको छ। आजको भेट सम्बन्ध सुधार्ने कोशिश अन्तर्गतको भएतापनि उहाँले गुमेको बिश्वास भने प्राप्त गरिनसकेको बताइन्छ। जनअास्था साप्ताहिक अनलाइनले लेखेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!