नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ। बैठकमा नेताहरुले पार्टी भित्रका पछिल्ला कमिकमजोरीप्रति आत्मआलोचनासमेत गरेका छन्। अर्को सचिवालय बैठक वैशाख २४ गते बस्ने गरी आजको बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएकाे छ।