Loading... आजः शनिबार , श्रावण १२, २०८१

वायुसेवा निगमले चैतदेखि चीनको क्वाङचौमा साताको तीन उडान गर्ने


नेपाल वायुसेवा निगमले चीनको क्वाङचौमा साताको तीन उडान गर्ने निश्चित भएको छ। निगमका सहप्रवक्ता सुलेख मिश्रले क्वाङचौमा मार्च १५ तारिख (चैत २ गते) देखि तीन उडान गर्ने जानकारी दिनुभएको नेपाल खबर अनलाइनले लेखेको छ।

मिश्रका अनुसार निगमको जहाजले मंगलबार, बिहीबार र आइतबार उडान गर्नेछ। त्यस्तै हाल जापानको ओसाका उडान भरिरहेको निगमले अर्को सहर नारितामा पनि मार्च पहिलो हप्तादेखि साताको तीनवटा उडान गर्नेछ। कुन कुन दिन उडान हुने अन्तिम निर्णय हुन बाँकी रहेको निगमले बताएको छ।

यसबाहेक चाँडै निगमले साउदी अरेबियामा पनि उडान प्रक्रिया अघि बढाइसकेको छ। यसका लागि निगमले जनरल सेल्स एजेन्ट स्थापनाको प्रक्रिया अघि बढेको बताएको छ। सँगसँगै निगमले अस्ट्रेलियामा पनि सिधा उडानका लागि प्रक्रिया अघि बढाएको छ।

Insert your Ads code here

सन् २००४ को दुई पक्षीय सम्झौताअनुसार नेपाली वायु सेवाका लागि चीनका सहरहरुमा व्यवसायिक उडान खुला भएको हो। नेपाल र चीनबीच सन् २००४ मा भएको दशबुँदे दुईपक्षीय हवाइ सेवा सम्झौतामा नेपालले चीनका बेइजिङ, छङ्तु, क्वाङचौ, सांघाई, ल्हासा, खुन्मिङ र सियानमा उडान भर्न पाउने उल्लेख छ। १५ वर्षअघिको सम्झौताअनुसार नेपालले चिनियाँ सहरमा सातामा १४ उडान गर्न पाउँछ।

सन् २०१४ मा नै निगमले चीनसँग क्वाङचौका लागि उडान अनुमति मागेको थियो। हाल चीनको बेइजिङमा निजी क्षेत्रको नेपाली कम्पनी हिमालय एयरलाइन्सले उडान भर्दै आएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!