Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

वार्ड पञ्चायतमाथि प्राणघातक आक्रमण हुनु अशान्ति र असुरक्षाको माहौल बढ़िरहेको पुष्टि हुँदछः सकुन गुरुङ


गान्तोक, 14 जुलाई। सिक्किममा सत्ता परिवर्तन भएदेखि यता प्रत्येक दिनजसो विपक्षी पार्टीका नेता-कार्यकर्ताहरूको आक्रमणका घटनाहरू घटिरहेको गम्भीर आरोप विपक्षी दल एसडीएफले लगाएको छ। एसडीएफका चेली मोर्चा संगठनका महासचिव श्रीमती सकुन गुरुङले प्रेस बयाना जारी गर्दै भनेकी छन् राज्यमा अशान्तिको माहौल सृजना भइरहेको छ। उनले हिज 13 जुलाईको राति लगभग 11 बजी दक्षिण सिक्किमको को भञ्ज्याङ वार्डकी पञ्चायत श्रीमती बुद्ध राईमाथि आफ्नै घरमा स्थानीय सुनिल गुरूङले हातमा छुरी लिएर प्राणघातक हमला गरेको छ बताएकी छन्। । यस अत्यन्त बर्बरतापूर्ण घटनाको एसडीएफ पार्टी कठोर शब्दमा भर्त्सना जनाउँदछ भनि प्रेस बयानमा उल्लेख गरेकी छन्।
श्रीमती गुरुङले भनेकी छन्, जनताको जनमतद्वारा छानिएकी प्रतिनिधिलाई उनकै घरमा यसरी प्राणघातक हमला हुनु भनेको राज्यमा अशान्ति र असुरक्षाको माहौल बढ़िरहेको पुष्टि हुँदछ। त्यति मात्र नभएर जमनत पाएकी एउटी नारी आफ्नै घरमा सुरक्षित छैन भने साधारण जनताको राज्यमा कति सुरक्षा हुनसक्ला भन्ने एउटा गम्भीर प्रश्न यस दुर्भाग्यपूर्ण घटनाबाट हामीसमक्ष आएको छ। एसडीएफ पार्टी यस घटनाको घोर प्रतिवाद जनाउँदछ। हमलावारलाई चाँड़ोभन्दा चाँड़ो कानुनी कार्वाही हुनुपर्छ भन्ने एसडीएफ पार्टी प्रशासनसमक्ष माग गर्दछ।
उऩले अझ भनेकी छन्, एसडीएफ पार्टीका प्रवक्ता जे.बी दर्नालमाथि पनि प्राणघताक हमला भएको थियो। आजसम्म प्रशासनले हमलावारलाई पक्रेको छैन। त्यसरीनै राज्यमा कोभिड-19 महामारीको कारण आपदा प्रबन्धन अधिनियम लागू भइरहेको समयमा पाँचजना अवैध रूपमा प्रवेश भएको अर्को दुर्भाग्यपूर्ण घटना घटेको थियो। त्यस दुर्भाग्यपूर्ण घटनाको पनि दोषी आजसम्म पक्रिएको छैन। यसप्रकारको विभिन्न काण्डहरूको दोषीलाई पक्रन नसक्नु तथा जनसुरक्षामाथि बारम्बार हमला हुने घटनाहरू घट्नुजस्ता विषयहरूले राज्यमा वर्तमान सरकारको प्रशासन नियम-कानूनलाई पूर्ण रूपले कायम राख्न विफल भएको छ भन्ने एसडीएफ पार्टी ठहर गर्दछ, उऩले थपेकी छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!