Loading... आजः शनिबार , श्रावण १२, २०८१

वार्ताबाटै सीमा समस्या समाधान हुने परराष्ट्रमन्त्रीको भनाइ


परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताबाटै सीमा समस्या समाधान हुने बताउनुभएको छ। मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नमाथि जवाफ दिने क्रममा: मन्त्री ज्ञवालीले सीमा समस्या भारतसँग कुटनीतिक वार्ताबाटै समाधान गरिने बताउनुभयो।

‘हामी छिटो वार्ता गरौं भन्नेमा छौं,’ उहाँले भन्नुभयो, ‘कुटनीतिक तर्फबाट नै समस्या समाधान हुन्छ। अरू विकल्प बनाइरहेका छैनौं, बनाउन पनि जरूरी छैन।’

उहाँले काली नदी नै नेपाल-भारत सीमा भएको उल्लेख गर्नुभयो। ‘काली नदी सीमाना नमान्नुपर्ने कारण छैन,’ उहाँले भन्नुभयो, ‘ऐतिहासिक तथ्यका आधारमा कुटनीति वार्ता गर्छौं। हाम्रो भूमिमा हाम्रै हक हुन्छ।’

Insert your Ads code here

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नक्सा जारी गरिसकेको छ। संविधानमा रहेको निशान छाप परिवर्तनका लागि सरकारले संविधान संशोधन संसदमा दर्ता गरिसकेको सेतोपाटी अनलाइनले खबर लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!